spot_img
Friday, September 20, 2024
74.5 F
Washington DC.
spot_img

जसको कम सिट उसैको सरकार ? सामाजिक संजालमा प्रचण्डलाई बनाइयो हासोको पात्र

सम्बन्धित लेखहरु

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत...

ममता प्रकरणमा खोलीएका दुई गोफन्डमी र समुदायमा थपेको तनाव 

भर्जिनिया, अमेरिका ३१ जुलाई २०२४ देखि मनासस, भर्जिनियाबाट ममता काफ्ले...

बेवारिसे बन्यो ६८ लाखको ‘भ्यूटावर’, सामानहरु चोरी हुन थाले

बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न...

Share

नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिधिवतरुपमा नेपालको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् । यसअघि आइतबार राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेको घोषणा गरेकी थिइन् ।

यसैबीच सामाजिक सञ्जालमा प्रचण्डलाई छिमेकी राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारसँग तुलना गरिएको छ । मात्र ४३ सीट प्राप्त गरेर नितिश कुमार २४३ सदस्यीय विधानसभाको साथ राज्यको मुख्यमन्त्री बनेका हुन । बिहारमा सबैभन्दा ठूलो पार्टी आरजेडी नै नितिश कुमारको सहयोगी बनेको छ। दोस्रो ठूलो पार्टी भाजपा विपक्षमा छ। योसँगै बिहारमा तेस्रो ठूलो पार्टीका नेता नितिश कुमारले सरकार चलाइरहेका छन् । नेपालमा पनि ठ्याक्कै यस्तै अवस्था देखिएको छ । प्रचण्ड मात्र ३२ सिटमा नेपालको प्रधानमन्त्री बनेका छन् ।

नेपालमा भर्खरै सम्पन्न आम निर्वाचनपछि कुनै पनि राजनीतिक दलले बहुमत पाउन सकेनन् । यस दौडमा प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाको ठुलो दल नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाको नाम अग्रस्थानमा रहे पनि आफुलाई प्रधानमन्त्री नदिएको झोकमा आइतबार प्रचण्डले सत्तारुढ नेपाली काग्रेसलाई साथ दिन अस्वीकार गर्दै नाटकिय ढङ्गमा गठबन्धन छाडेका थिए । गठबन्धन छोडेको केही समयपछि ६ दलको गठबन्धनले ‘प्रचण्ड’लाई नयाँ सरकारको प्रधानमन्त्री रोजेको थियो । प्रचण्डलाई १ सय ६९ सांसदको समर्थन छ । यसमा ३ जना स्वतन्त्र सांसद पनि छन्।

प्रचण्डको पार्टी माओवादी केन्द्रले यसपालीको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग मिलेर चुनाव लडेको थियो । निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा बढी ८९ सिट ल्याएको थियो । यसपछि नेकपा एमालेले ७८ सिट प्राप्त गर्यो । जबकि प्रचण्डको पार्टी माओवादी केन्द्रले ३२ सिट मात्रै ल्याएर खुम्चिएको थियो। प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट आवश्यक हुन्छा । केपी ओली र प्रचण्डको पार्टीको सिट जोड्दा पनि यो संख्या ११० मात्र पुग्छ । यस्तो अवस्थामा प्रचण्ड र ओली दुवैले सत्ता जोगाउन साना दलहरूमा निर्भर रहनु परेको छ ।

प्रतिनिधिसभामा ३२ मात्र सदस्य रहेको माओबादिबाट प्रचण्ड प्रधानमन्त्री बनेपछि नेपाली जनताले भाजपाका दिवंगत नेता प्रमोद महाजनको एउटा भाषण सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

सन् १९९७ मा लोकसभामा भाषण गर्दै प्रमोद महाजनले देवेगौडालाई प्रधानमन्त्री बनाउँदा खिल्ली उडाउने एउटा घटना सुनाए ।

देवेगौडा जुन १, १९९६ मा आफ्नो पार्टी जनता दलका ४६ सांसदका साथ भारतको प्रधानमन्त्री बनेका थिए। देवेगौडालाई १३ वटा दलको समर्थन थियो र त्यसको नाम संयुक्त मोर्चा राखिएको थियो ।

देवेगौडाले जम्मा ३२४ दिन अर्थात् जुन १, १९९६ देखि २१ अप्रिल, १९९७ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अटल बिहारी वाजपेयीको १३ दिनको सरकार संख्याको अभावका कारण मे २७, १९९६ मा ढले पश्चात देवेगौडा संयुक्त मोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए ।

प्रमोद महाजनले लोकसभामा देवेगौडा प्रधानमन्त्री बनेको पृष्ठभूमिमा आफ्नो चीन भ्रमणताका व्यक्त गरेको भनाई राखेका थिए ।

प्रमोद महाजनले आफ्नो मन्तव्यमा भनेका थिए, ‘म संसदीय प्रतिनिधिमण्डलको रूपमा चीन गएको थिएँ । एक चिनियाँ सांसदले भारतको लोकतन्त्रको बारेमा प्रश्न गरे। मैले भारतको लोकतन्त्रको व्याख्या गर्न देवेगौडाको सन्दर्भ उल्लेख गरें।

“मैले चिनियाँ सांसदलाई भनें कि म लोकसभाको सांसद हुँ र मेरो पार्टी अझै पनि शक्तिको हिसाबले सबैभन्दा ठूलो छ। यति हुँदाहुँदै पनि हामी प्रतिपक्षमा छौँ । मेरा साथी पाणिग्रहीहरू दोस्रो ठूलो पार्टीका हुन् र उनीहरूले सरकारलाई बाहिरबाट समर्थन गरिरहेका छन् । एमए देवी तेस्रो ठूलो दलकी हुन् र संयुक्त मोर्चामा छन् तर सरकारभन्दा बाहिर छन् । उहाँ रमाकान्त खलप (गोवाका सांसद) हुनुहुन्छ र उहाँको पार्टीबाट एक मात्र सांसद हुनुहुन्छ तर उहाँ सरकारमा हुनुहुन्छ। भारतमा लोकतन्त्र यसरी चलिरहेको छ।

प्रमोद महाजनको यो मन्तब्य सुनेर लोकसभाका सबै सदस्यहरु धेरै बेर हाँसे । देवेगौडा प्रधानमन्त्री हुँदा उनी संसदको कुनै पनि सदनको सदस्य थिएनन् । त्यसअघि देवेगौडा कर्नाटकका मुख्यमन्त्री थिए ।

जसरी प्रचण्ड ३२ सांसदसहित प्रधानमन्त्री बने, त्यसैगरी नेपालको छिमेकी राज्य बिहारको २४३ सदस्यीय विधानसभामा नितिशकुमारसँग ४३ जना मात्रै विधायक छन् र उनी मुख्यमन्त्री बनेका छन् । आरजेडीका ८० विधायक छन् र तेजस्वी यादव उपमुख्यमन्त्री छन्। नेपाली लोकतन्त्रलाई भारतीय लोकतन्त्रको रोग छिट्टै लाग्न थाल्यो भन्ने धेरैले बताएका छन् ।

महेश्वर गिरी नेपालका हुन् र उनी साउथ एशियन युनिभर्सिटी, नयाँ दिल्लीमा पीएचडी गरिरहेका छन् । प्रमोद महाजनको यो भिडियो शेयर गर्दै उनले लेखेका छन्, ‘प्रमोद महाजनले आफ्नो भाषणमा बहुदलीय लोकतान्त्रिक व्यवस्थाको सत्यता भनेका थिए । नेपालमा पनि देख्न सकिन्छ ।

भिडियो साभार : महेश्वर गिरी /टुइटर

यो सहित प्रचण्ड तेस्रो पटक नेपालको प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २००८ देखि २००९ सम्म र दोस्रो पटक २०१६ देखि २०१७ सम्म प्रधानमन्त्री बनेका थिए। अत्यन्तै नाटकीय ढंगमा नेपाली काग्रेस लगायतका दलहरुसंगको गठबन्धनको सहकार्य तोडेका प्रचण्डले दोश्रो ठुलो दल नेकपा एमाले लगायत अन्य साना दलहरुसग मिलेर सत्ता साझेदारी गरेका छन्। सहमतिअनुसार पुष्पकमल दाहाल साढे दुई वर्ष र केपी शर्मा ओली साढे दुई वर्ष प्रधानमन्त्री हुनेछन् ।

अन्य पोस्टहरु:

थप सामाग्री

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको कडा आलोचना...

ममता प्रकरणमा खोलीएका दुई गोफन्डमी र समुदायमा थपेको तनाव 

भर्जिनिया, अमेरिका ३१ जुलाई २०२४ देखि मनासस, भर्जिनियाबाट ममता काफ्ले भट्ट बेपत्ता भएकी छन्, र प्रहरी अनुसन्धानमा उनका पति नरेश भट्टलाई घटनासँग सम्बन्धित भएको गम्भीर...

बेवारिसे बन्यो ६८ लाखको ‘भ्यूटावर’, सामानहरु चोरी हुन थाले

बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा...

ममता प्रकरणः अदालतद्वारा अक्टोबर २४ मा तोकिएको प्रारम्भिक सुनुवाइ खारेज, मुद्वा अव सर्किट कोटमा जाने

मनासस पार्क, भर्जिनिया— बिगत एक महिना बढी देखि मनासस पार्कको निवासबाट बेपत्ता भएकी ममता काफ्ले भट्टको मुद्दामा नयाँ मोड आएको छ। उनका श्रीमान् नरेश...

ममता काफ्ले प्रकरणः पिआर र ग्रिन कार्डलाई दोष दिनु पितृसत्तात्मक सोचको उपज

लेखकः विशाल दत्त भट्ट (पेशाले भट्ट नेपालमा अधिवक्ता हुनु हुन्छ।) अमेरिकाको भर्जिनियास्थित मनासस पार्कको घरबाट तीन सातादेखि (१६ साउन) बेपत्ता भएकी काभ्रे पनौतीकी ममता काफ्लेको...

“साईलीले लगाई सारी रातो” तीजको गीत सार्वजनिक

भर्जिनिया, अमेरिकाआज “साईलीले लगाई सारी रातो” नामक नयाँ तीजको गीत सार्वजनिक भएको छ। यस गीतको शव्द र कम्पोजिशन सुनिल मणि दाहालको रहेको छ भने...