spot_img
Friday, September 20, 2024
75.8 F
Washington DC.
spot_img

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधन

- Advertisement -spot_imgspot_img
- Advertisement -spot_imgspot_img

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हीराबेन मोदीको शुक्रबार बिहान निधन भएको हो । उनी १०० वर्षकी थिइन् ।

उनलाई स्वास्थ्यमा समस्या आएपछि बुधवार हमदाबादस्थित यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो ।
स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ३ बजे उनको निधन भएको हो ।

प्रधानमन्त्री मोदीले आमाको निधनबारे ट्विटरमा लेखेका छन्‚ ‘ईश्वरको चरणमा शानदार शताब्दीको विराम । आमा ! मैले सधैं त्यो त्रिमूर्तिको अनुभव गरेको छु; जसमा एक तपस्वीको यात्रा‚ निष्काम कर्मयोगीको प्रतिक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित भएको छ ।’

प्रधानमन्त्री मोदीले अन्तिममा आमाले भनेको स्मरण गर्दै एउटा टुइट गरेका छन् : “उहाँको सयौं जन्मदिनमा उहाँलाई भेट्दा उहाँले एउटा कुरा भन्नुभयो, जुन सधैं सम्झिरहन्छ कि बुद्धिका साथ काम गर र पवित्रताका साथ जीवन बाँच ।”

प्रधानमन्त्री मोदीले यसै वर्षको जुन १८ तारिखमा आमा हिरावेनको सय वर्षको जन्म जयन्ती मनाएर शताब्दी वर्ष सुरु गरेको जानकारी गराएका थिए ।

- Advertisement -spot_imgspot_img

ताजा समाचार

- Advertisement -spot_img

सम्बन्धित समाचार

- Advertisement -spot_img