Wednesday, June 10, 2026
74.2 F
Washington DC.

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको क्षेत्रमा रोकिएको उक्त ट्रकमा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा सुन बरामद गरिएको हो।

प्रहरी स्रोतका अनुसार ट्रकभित्र सुनका सातवटा बिस्कुट जस्तै आकारका टुक्रा फेला परेका छन्। ती वस्तुहरूको मापन कार्य अहिले जारी रहेको र प्रारम्भिक अनुमानअनुसार करिब सात केजी सुन हुनसक्ने आशंका गरिएको छ।

हाल उक्त ट्रकका चालकलाई नियन्त्रणमा लिइएको छ र घटनासम्बन्धी विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img