Wednesday, April 16, 2025
58.5 F
Washington DC.
गृह पृष्ठ ग्लोबलपुटिनद्वारा "अमित्र पश्चिमी देशहरू" को मुद्रामा ग्यास आपूर्ति ऋण सङ्कलन गर्न अनुमति

पुटिनद्वारा “अमित्र पश्चिमी देशहरू” को मुद्रामा ग्यास आपूर्ति ऋण सङ्कलन गर्न अनुमति

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार इन्धनको ऋण तिर्न एक आदेशमा हस्ताक्षर गरेका छन्। आदेश अनुसार “अमित्र” पश्चिमी देशहरूलाई विदेशी मुद्रामा इन्धनको ऋण तिर्न अनुमति दिइएको छ।

पश्चिमी देशहरूलाई विदेशी मुद्रामा इन्धनको ऋण तिर्न अनुमतिको मतलब रूसी ग्यास ढुवानी पुन: सुरु भएको भन्ने होइन भनी आदेशमा उल्लेख गरिएको छ।

आदेशले “अमित्र” पश्चिमी देशहरूबाट ग्यास बिक्रीको लागि रूबलमा भुक्तानी लिने पहिलेको निर्णयलाई परिवर्तन गरेको हो ।

मार्च ३१ मा पुटिनले एक आदेशमा भनेका थिए “अमित्र देशहरू” जसले रसिया विरुद्ध प्रतिबन्धहरू लगाए र फेब्रुअरी २४ मा सुरु भएको युक्रेन युद्धको कारण रूसी केन्द्रीय बैंकको मुद्रा सम्पत्ति रोक्का गरेका थिए, उनीहरुले रुबलमा ग्यास आपूर्तिको लागि भुक्तान गर्नुपर्नेछ।

अप्रिलको अन्त्यमा, रूसको सरकारी स्वामित्वको गाजप्रोमले रूबलमा बिलहरू तिर्न अस्वीकार गरेको भन्दै पोल्याण्ड र बुल्गेरियामा ग्यास प्रवाह रोकेको थियो।

फिनल्याण्ड, नेदरल्याण्ड्स, डेनमार्क, लाटभिया र जर्मनीले ‘पे-इन-रुबल प्रणाली’ को पालना नगरेको भन्दै गाजप्रोमले आपूर्ति गर्ने ऊर्जा कम्पनीहरूको ढुवानी पनि रोकेको थियो।
(एजेन्सीहरूबाट जानकारी सहित)

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ताजा समाचार