spot_img
Sunday, September 22, 2024
68.1 F
Washington DC.
spot_img

नक्कली भुटानी शरणार्थी प्रकरण: आज आदेश आउने सम्भावना

सम्बन्धित समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनले आजै (शुक्रबार) आदेश दिने सम्भावना रहेको आइएनएस समाचार सेवाले जनाएको छ। 

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाइ सकिएको थियो। जिल्ला अदालतको थुनछेक आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तका कानुन व्यवसायीले जबाफी बहस सकेपछि बिहीबार सुनुवाइ पनि सकिएको थियो। उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले उक्त मुद्दामा शुक्रबार आदेश हुनसक्ने जानकारी दिनुभयो ।

काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म १६ जना अभियुक्तहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै असार १ गते थुनछेक आदेश जारी गरेको थियो। यस्तै, २ अभियुक्तलाई तारेख तथा धरौटीमा रिहा गर्ने जिल्लाको आदेशविरुद्ध सरकारी पक्षले पनि उच्च अदालतमा पुनरावलोकन निवेदन दिएको थियो। उच्च अदालतले  अभियुक्त र सरकारी पक्षका निवेदन एकसाथ राखेर सुनुवाइ गर्दै आएको थियो। 

थुनामा रहेका बालकृष्ण खाण र टोपबहादुर रायमाझिसहित  १५ जना जिल्ला अदालतको निर्णयविरूद्ध उच्च अदालत पुगेका थिए। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने उच्च अदालत गएका छैनन्।

ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो। जसमा १० जना फरार छन्।

यो प्रकरणमा अहिले पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका पूर्व अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई थुनामा छन्। यस्तै, पूर्व गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, बिचौलियाहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन, आशिष बुढाथोकी, सागर राई र केशव तुलाधर पनि थुनामा रहेका छन्।

अदालतले टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख र केशव तुलाधरसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। सरकारी वकिलको कार्यालयले ३० जनाविरूद्ध ०८० जेठ १० गते  काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img