spot_img
Saturday, September 21, 2024
68.9 F
Washington DC.
spot_img

ईञ्जा अवैधानिक बाटो तर्फ उन्मूख, पायो “निस्कृय” सस्थाको तक्मा

सम्बन्धित समाचार

नेपाली पत्रकारिताको हितमा काम गर्न भनि करिव चार बर्ष अघि अमेरिकाको भर्जिनियामा स्थापना भएको नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) का गतिविधिहरुलाई अवलोकन र अध्ययन गर्दा यो सस्था क्रमस अवैधानिक बाटो तर्फ उन्मूख भएको सहजरुपमा भन्न सकिन्छ। स्थापनाकाल देखि नै एकजना पनि सदस्य बनाउन नसकेको ईञ्जाको कार्यसमिति हाल सम्म पनि तदर्थका रुपमा रहेको छ।

अमेरिकाको भर्जिनिया राज्यमा राज्य निगम आयोग (State Corporation Commission ) ले सस्था दर्ता गर्दछ। आयोगको नियमानुसार दर्ता भएका सस्थाहरुले प्रतेक बर्ष तोकिए अनुसारको रिपोर्ट र नबिकरण दस्तुर बुझाएर सस्था नविकरण गर्नु पर्ने प्राबधान रहेको छ। भर्जिनियाको राज्य निगम आयोग, क्लर्क सूचना प्रणालीका अनुसार ईञ्जाले जुलाई २०२० सम्ममा बुझाउनु पर्ने बार्षिक रिपोर्ट हाल सम्म पनि नबुझाएकोले ईञ्जालाई “निस्कृय” (Inactive) सस्थाका रुपमा राखेको छ। त्यस्तै आयोगले $५० डलरको शुल्क समेत नतिरेको जनाएको छ। हेर्नुहोस – फोटो स्क्रीनसर्ट (२/४/२०२२ १:३० मध्यान्न):

फोटो स्क्रीनसर्ट : cis.scc.virginia.gov
फोटो स्क्रीनसर्ट : cis.scc.virginia.gov

यसरी लामो समय सम्म पनि सस्था निस्कृय राखेमा यसले पाएको ५०१ (सी ) को नन प्रोफ़िक्ट स्टाटस पछि गएर गुम्न सक्दछ।

आयोगमा दर्ता गर्दा उल्लेखित पाच व्यक्तिहरु मध्ये दुई जनालाई नसोधी नाम राखिएको हुदा ईञ्जाको स्थापना देखि नै उहाहरु निस्कृय रहेको र ईञ्जामा उहाहरुको कुनै सरोकार नभएको बुझिएको छ। यदि दुवै व्यक्तिहरुले यसको पुष्टि गर्दै केस गरेमा यो फ़्रड केस हुनेछ।

सस्था दर्ता गर्दा ईञ्जाले सदस्यहरुको विवरण प्रदान नगरेको आयोगले उल्लेख गरेको छ।

नन  प्रोफ़िक्टको स्टाटस ५०१ (सी) प्राप्त गरेका सस्थाहरुको संचालन र ब्यबस्थापन बिधि अन्य नाफामूलक सस्था भन्दा फरक हुन्छ। यस्ता सस्थाहरुले फेडरल तथा स्टेटबाट विशेष आयकर लगायतका  सुबिधाहरु प्राप्त गर्ने भएकाले तोकिदिएको नियम पालना गरेको नपाइएमा सबै सुबिधा खारेज हुन् सक्दछ।

सामान्यतया, आयकर छुट प्राप्त गरेका संस्थाहरूले सार्वजनिक निरीक्षणकालागि निश्चित वार्षिक ट्याक्स रिटर्न र छुटका कागजात उपलब्ध गराउनु पर्छ।  कसैले वार्षिक ट्याक्स रिटर्नको कागजात माग गरेमा प्रतिलिपिहरू उपलब्ध गराउनुपर्छ। प्रतिलिपिहरू सामान्यतया व्यक्तिगत अनुरोध भएमा तुरुन्तै र लिखित अनुरोधमा ३०  दिन भित्र उपलब्ध गराइनु पर्छ। त्यसैले नन प्रोफ़िक्ट सस्थाहरुले वार्षिक ट्याक्स रिटर्नका कागजातहरु पारदर्शीताकालागि आफ्नो वेब साईट्मा राख्ने गर्दछन।

त्यस्तै , व्यवस्थापकिय कम्प्ल्यायन्स तर्फ : सस्थाको विधान , निर्णयका माइन्युट, आर्थिक आय-व्यय हिसाब तथा पदाधिकारीहरुको कार्य संरचनालाई पारदर्शिताकालागि वेब साईटमा राखिएको हुनु पर्दछ।

विगत १६ महिना देखि निस्कृय रहेको ईञ्जाको वेब साईट : पहिलो पेज मात्र खोलिएको ईञ्जाको वेब साईटकालागि यहा क्लिक गर्नु होस । (यो साईट असुरक्षित रहेकाले सावधानी अपनाउनु होला)

फोटो स्क्रीनसर्ट – (असुरक्षित): innja.org

ईञ्जा यसरी अबैधानिक बाटो तर्फ जादैछ:

  • सस्थामा एकजना पनि साधारण सदस्य नहुनु।।
  • लामो समय सम्म बर्तमानको कार्यसमिति तदर्थ रहनु।
  • सस्थाको बार्षिक साधारण सभा नै नहुनु र विधान समेत हाल सम्म स्वीकृत नगराउनु। 
  • सस्थामा गरिएका बैठकहरुको कुनै पनि माइन्युट नहुनु। 
  • स्थापना नै नभएका ईञ्जाका शाखाहरु: अस्ट्रेलिया , अफ्रिका, क्यानाडा र भारतमा सस्था स्थापनाको गलत र भ्रामक प्रचारबाजी गरी जनमानसमा भ्रम फैलाउनु, सर्वसाधारणलाई गुमराहमा राख्न वेब साईट्का अन्य पेजहरु लुकाउनु
  • सस्थामा आर्थिक पारदर्शिता नहुनु , उठाइएका डोनेसनहरुको हिसाब किताब हालसम्म पनि सार्वजनिक नगरिनु।
  • नन प्रोफिक्ट सस्थाले अनिवार्य पालना गर्नु पर्ने  कम्प्लायन्स अन्तर्गतका सुचना तथा जानकारीहरु वेब साईट्मा नराख्नु।
  • वार्षिक प्रगति विवरण स्थापनाकाल देखि हाल सम्म पनि सार्वजनिक नगरिनु।
  • प्रचलित प्रकृया अनुसार पारदर्शिताकालागि डोनेसन प्राप्त भै खर्च गरे पश्चात आय व्यय लगायत प्रगति प्रतिवेदनकालागि समुदायसंग बसी सार्वजनिक सुनुवाई : जस्तै , टाउन हल बैठक नगर्नु।

माथी उल्लेखित बुदाहरु नन प्रोफ़िक्ट सस्थाहरुले पालना गर्नु पर्ने सामान्य स्थापित नियमहरु हुन।

ईञ्जामा अनुभव योग्यताको कमी :

पत्रकारहरु ढुक्क हुनुहोस – ईञ्जाको देखाउने अनुहार एउटा तर वास्तविक अनुहार अर्कै छ। ईञ्जामा पदिय हैसियतका लागी निर्जिव पदाधिकारिहरु राखिएका छन् , यी बाट एउटा ग्लोवल सस्था चल्छ भनेर विश्वाश गर्न सकिने आधार खै ?

अमेरिकामा कमाउनेहरुका लागि पुरस्कारका नाममा बर्षमा २-४ हजार डलरको चारो फ्याल्दा नेपालमा आफ्नो नाम र सान बढाउन गाह्रो छैन। ईञ्जामा यहि भैरहेको छ। बेला बेलाको पब्लिसिटी स्टन्टलाई नै ईञ्जाका पदाधिकारीहरुले आफ्नो आउट्पुट सम्झन्छन र त्यसैमा रमाउने गरेका छन् । अब त त्यसलाई भजाउन सामाजिक संजाल छदैछ , वर्ष दिनलाई काम पुगेन र ?

यस पक्तिकारले शुरुका करिव दुई बर्ष ईञ्जामा रहेर काम गरेको अनुभव छ। आफुले जाने बुझे अनुसार विभिन्न अल्पकालीन र दिर्घकालीन योजना /आयोजनाहरु बनाई ईञ्जालाइ एक उचाईमा पुर्याउने अठोटले म जोडिएको थिए।

सस्थामा पदलोलोपता अत्याधिक तर पदिय जिम्मेवारी अनुरुपको काम नगन्य सरह थियो। विभिन्न बैठकहरु गरिन्थे तर  कोहि कार भित्रबाट त कोहि स्टोरमा सामान बेच्दै हाम्रा कुरा सुन्थे। म सोच्दथे , यस्तो अवस्थाका पदाधिकारीहरुले बिषयबस्तुको कहिले अध्ययन गर्लान वा पूर्व तयारि गरी सस्थालाई योगदान देलान ? ईञ्जामा त्यो कहिल्यै भएन, देखिएन । 

ईञ्जामा पदिय हैसियत पाएकाहरुमा ग्लोवल सस्था संचालन र ब्यबस्थापन लगायत कार्यक्रम/योजना तर्जुमा समेतका कुराहरु धेरै टाढाको विषय थियो। कल्पना गरौ, यस्तो अयोग्य र असक्षम जनशक्ति भएको कार्य समितिको ग्लोवल सस्था कसरि उभो लाग्ला र नेपाली पत्रकारिताको विकासमा योगदान दिन सक्ला !

सस्थाको उदेश्य अनुरुप यी पदाधिकारीहरुबाट जिम्मेवारी निर्वाहको सम्भावना नै थिएन। माथि उल्लेख गरे अनुसारका गतिबिधिहरु क्रमस बढन थाले पश्चात मैले सोच्न बाध्य भए- मेरा लागि आफुले जीवनकालमा कमाएको ईज्जत भन्दा ठुलो थिएन ईञ्जा। त्यसैले मैले २०२० को अगस्त/सेप्टेम्बर तिर घोषणा गरेर म पूर्णरुपमा ईञ्जाबाट अलग भएको थिए।

के गर्छन ईञ्जाका अध्यक्ष ?
उनी अमेरिकामा पत्रकारिता गर्दैनन। एउटा ठेकेदार कम्पनीका साधारण कर्मचारी हुन् तर आफुलाई सरकारी (फेडरल) कर्मचारी भन्दै नया र नौला आगन्तुकलाई परिचय दिई गुमराहमा पार्न खप्पिस छन्। भलै ठेकेदार ले सरकारी कार्यालयमा काम गर्न पठायो होला, यसैको भरमा आफुलाई सरकारी निकायमा काम गर्ने कर्मचारी भन्न पटक्कै मिल्दैन।

एकताका नेपालमा छदा केहि पत्रकारिता गरेका रहेछन। मदन भण्डारी हत्या प्रकरण सम्बन्धि एक फर्जी नामबाट धाराबाहिक कथा बुनेर पीत पत्रकारिताको नमूना पेश गरेको आरोप भोग्दै आएका उनी अमेरिकामा आएर एक प्रकारले हेर्दा ऋषी धमलाका शिष्य झैँ देखिन्छन। भनिन्छ नाम जुधेकै कारण अर्का सक्कली पत्रकारले मदन भण्डारी प्रकरणमा प्रतेक बर्ष आफु त्यस व्यक्ति नभएको स्पष्टिकरण दिनु परेको छ।

यति बेला टिकटकमा समाचार भन्न व्यस्त ईञ्जाका अध्यक्ष यसैको माध्यमले नेपाली पत्रकारिताको विकास गर्न लागि परेका छन्।

टिकटके पत्रकार आका ईञ्जाका अध्यक्षको हैसियत हेर्नु होस्

@luiteljee

♬ original sound – Luitel jee

फेसबुक प्रोफायलमा ईञ्जाका अध्यक्षको फर्जी हैसियत:

मैले उल्लेख गरे झैँ ईञ्जामा मौलाएको पदलोलोपताका कारण पदाधिकारीहरुमा ग्लोबल सस्था हाक्न सक्ने अनुभव र योग्यता हिजो पनि पटक्कै थिएन, आज पनि छैन।

अन्तमा, ईञ्जा भित्र साच्चै पत्रकारिताको मूल्य र मान्यताको ख्याल छ र सस्थाको उदेश्य, समूदाय प्रतिको जिम्मेवारी वोध छ भने पब्लिसिटी स्टन्ट बन्द गरी माथि औल्याइएका सुधारमुखी विषयहरुमा ध्यान केन्द्रित गरोस। अन्यथा, पत्रकारिताको खोल भित्र एउटा स्क्यामका रुपमा ईञ्जालाई देखिएमा अचम्म नमाने हुन्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img