सम्बन्धित व्यक्तिको सहमति नलिई मनोरन्जनका नाममा ‘प्राङ्क’ भिडियो बनाई सामाजिक सञ्जालमा राखी प्रकाशन गरेमा गृह मन्त्रालयले कारबाही गर्ने भएको छ।
गृह मन्त्रालयले आज एक सूचना जारी गरी यस्ता तस्विर र ‘भिडियो’ बनाएर सम्वन्धितलाई जानकारी नै नदिई सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।
‘सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न अनुरोध छ’ भनि बिहीबार जारी विज्ञप्तिमा गृह मन्त्रालयले उल्लेख गरेको छ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया