spot_img
Friday, September 20, 2024
75.8 F
Washington DC.
spot_img

नेपाल राष्ट्र बैंकको चेतावनी : क्रिप्टोकरेन्सी/ नेटवर्क मार्केटिङ अवैध भएकाले कारोबार गरेमा कारवाही हुने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले आइतवार एक सार्वजनिक सुचना मार्फत सचेत गराएको छ ।

नेपालमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायले मान्यता पाएको छैन । नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधारण ठगिने गुनासो आउन थालेपछि राष्ट्र बैंकले यस्तो कारोबार नगर्न आग्रह गरेको जनाएको छ । कसैले यस्तो सूचनाको बेवास्ता गरी अवैध कारोबार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने राष्ट्र बैंकले सचेत गराएको छ ।

अबैध कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले सूचना जारी गर्दै आग्रह गरेको छ ।

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसहितको कारोबार हुने गरेकोले त्यसमा आबद्ध नहुन र कारोबार नगर्न राष्ट्र बैंकले आम सर्वसाधारण समक्ष अनुरोध गरेको छ ।

भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिड आधारमा नेटवर्किङमा आबद्ध नहुन तथा कारोबार नगर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

यस्तो कारोबारबाट सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने र स्वदेशी पुँजी पलायन हुने भएकाले नेपालमा यस्तो कारोबार अवैधानिक भएको राष्ट्र बैंकको भनाइ छ । यस्तो कारोबार वा व्यवसायमा नेपालबाट वा बाहिर बस्ने नेपाली कसैले पनि कारोबार गर्न नहुने र कारोबार गरेको पाइएमा कारवाही हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img