spot_img
Sunday, September 22, 2024
68.1 F
Washington DC.
spot_img

आठ वर्षअघिको बलात्कार प्रकरणबारे पिडितलाई न्याय दिन कानूनी प्रावधानको खोजी हुदै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सन् २०१४ मा , आठ वर्षअघि आफु १६ बर्षकी हुदा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक, मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले मिस ग्लोबल इन्टरनेसनलमा भाग लिदाको समयमा बलात्कार गरेको भन्ने भिडिओहरु टीकटकमा सार्वजनिक भए पश्चात पिडित भनिएकी युवतीलाई न्याय दिन पीडकविरूद्ध कानूनी उपचार कसरी खोज्न सकिन्छ भन्दै कानूनबीदहरुमा बहस सुरू भएको छ।

मनोज पाण्डे नामक ती व्यक्तिले फोटो तथा भिडियो समेत खिचेर ब्ल्याकमेल गर्दै ६ महिनासम्म जबरजस्ती बलात्कार गरेको भन्ने युवतीको भनाई छ ।

यस प्रसंगमा युवतीले पूर्वमिस नेपाल माल्भिका सुब्बालाई फोन गरी बताएको तर उनले सहयोग नगरेको बताएपछि सामाजिक संजालमा माल्भिकाको ठुलो आलोचना भएको छ । उता , माल्भिकाले त्यसवेला उनको कुरालाई सामान्यरुपमा लिएकोमा माफी माग्दै आफ्नो भावुक भनाई सार्वजनिक गरेकी छन् ।

यो पनि पढ्नु होस्। सौन्दर्य प्रतियोगितामा यौन शोषण भएको युवतीको आरोप – सहयोग गर्न नसकेकोमा माल्भिका सुब्बाले माफी माग्दै सार्वजनिक गरिन भावुक विज्ञप्ति

भर्खरै अभिनेता पल शाह प्रकरणमा समेत बलात्कारको घटना भएको एक बर्ष भित्र उजुरी गरी मुद्दा चलाइ सक्नु पर्ने कानूनी ब्यबस्था बारे सर्वत्र जानकारी पाएका अधिकारकर्मी लगायत आम नेपालीको मस्तिष्कमा समेत आठ बर्ष पुरानो यो प्रकरणको हदम्याद गुज्रेका कारण यो मुद्दा पेश गर्न कानूनले रोक्ने भन्ने बुझाइ छ।

मुलुकी फौजदारी कानुन अनुसार बलात्कारको घटना भएको एक वर्षभित्र मुद्दा चलाइ सक्नुपर्ने हदम्याद तोकिएको छ। तर, नावालिग अवस्थामा भएको यौन शोषण र हिंसाको उजुरी १८ वर्ष पुगेको मितिले एक वर्षभित्र पीडित आफैंले गर्न पाउने बालबालिका सम्बन्धी ऐनले पनि कानुनी व्यवस्था गरेको छ।

बलात्कारमा परेकी युवतीले बिहीबार राति टीकटकमा अर्को भिडियो पोष्ट गर्दै भक्कानिँदै भनिन्: ‘ ‘यो कस्तो नियम हो नेपालको? एक वर्षभित्र रिपोर्ट गरेन भने फाइल नै लिइँदैन रे कोर्टले । मेरो आशा हराउँदै गएको छ । ‘मलाई अहिले थाहा भयो, एक वर्षसम्म रिपोर्ट गरेन भने त्यो फाइल दर्ता भए पनि कोर्टले फिर्ता गरिदिन्छ । त्यसो भए के म पीडित होइन ? उनले अगाडि भनेकी छन् ‘कोही ढिला बोल्छन् कोही छिटो बोल्छन् । म बोल्न सकिनँ । के तपाईंहरुले माल्भिकाको क्षमायाचना हेर्नुभयो?’ ‘ तिमीले मेरोलागि अलिकति पनि सहयोग गरेको भए म यति बर्ष सम्म पिडित हुनु पर्दैन थियो ‘ , उनले भक्कानिदै माल्भिकालाई भनेकी छन्।

यस प्रकरणमा शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार गरेको सार्वजनिक भइसकेपछि सम्बन्धित व्यक्तिमाथि अनुसन्धान गर्न माग गरेका थिए। थापाले बलात्कार सम्बन्धी कानुनमा रहेको हदम्यादमा आवश्यक पुनर्विचार गर्न पनि सरकारसँग माग गरेका छन्। त्यसपछि सभामुख अग्नी सापकोटाले युवतीको बलात्कारको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अनुसन्धान गर्न र दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएका छन्।

यसको तुरुन्तै घटनाको छानविनकालागि समिति गठन भएको छ । गृह मन्त्रालयले छानविन समिति गठन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति बनाएको जनाएको छ ।

अर्कातर्फ, कानूनविदहरु बिचमा तातो बहस थपिएको छ। हदम्यादकै कारण जनमानस बीच चर्चा भएझैं के ती पिडित युवतीका लागि कानूनी बाटो बन्द भएको हो त ? के उनले न्यायका लागि कुनै कानूनी प्रक्रियालाई टेकेर अगाडि बढ्न प्रचलित कानून बाधक नै हो ?

आठ वर्षअघिको यो प्रकरण बलात्कारमा मात्र सिमित नभएकाले यसमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ आकर्षित हुन सक्ने भन्ने बिषयमा तातो बहसको सुरुवात भएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४ को उपदफा २ (ख) ले ब्यबस्था गरे अनुसार :

वेश्यावक्तृिमा लगाउने वा शोषण गनेउद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई , जालसाज गरी, प्रपञ्च मिलाई , जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्त्धक राखी, नाजकु स्थितिको फाइदा फायदा लिई , बेहोस पारी, पद वा शक्तिको दरुुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी,डर , त्रास , धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लाग्ने वा आफूसंग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थामा राख्ने वा नेपाल भित्रको एक ठाउ बाट अको ठाउमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने ।

यसैको दफा ५ मा उजुर गर्ने प्रावधान यस्तो छ :
(१) दफा ३ बमोजिमको कसूर गरेको, गरिरहेको वा गर्न लागेको थाहा पाउने जनुसकुै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सक्ने छ।

प्रहरी कानूनी परामर्शमा

बलात्कारको मुद्दामा एक वर्षे हदम्याद रहेका कारण कानूनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको समेत भनाइ छ । तर, अन्य विभिन्न ऐनमा पनि टेकेर मुद्दा चलाउन सक्ने अवस्था रहेका तर्फ पनि कानूनी परामर्श लिने काम भइरहेको प्रहरीको भनाइ छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img