spot_img
Sunday, September 22, 2024
68.1 F
Washington DC.
spot_img

सौन्दर्य प्रतियोगितामा यौन शोषण भएको युवतीको आरोप – सहयोग गर्न नसकेकोमा माल्भिका सुब्बाले माफी माग्दै सार्वजनिक गरिन भावुक विज्ञप्ति

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएकी एक युवतीले आफूमाथि आयोजक मिस ग्लोबल इन्टरनेसनल ब्युटि-पेजेन्टका एक जना संचालकले यौन शोषण गरेको भन्दै घटना विवरण सार्वजनिकरुपमा भिडिओ मार्फत बाहिर ल्याएपछि यतिबेला उनको समर्थनमा सामाजिक सञ्जाल तरंगित भएको छ ।

आफूलाई ‘लेमनेड’ मा केहि मिसाएर पिलाएको र पिएको केहि समयमा आफु लठ्ठिएर बेहोसीका अवस्थामा रहेको , त्यस पश्चात होटलको कोठामा लगी आफुलाई निज संचालकले जबरजस्ती बलात्कार गरेको उनको आरोप छ।

ती युवतीले सन् २०१४ देखि २०२१ सम्म भोगेका बलात्कार, यौन दुर्व्यवहार र यातनाबारे उल्लेख गर्दै २० वटा छोटा भिडिओहरु सामाजिक संजाल-टीकटकमा सार्वजनिक गरेकी छन् ।

निज कन्सल्टेन्सी संचालकबाट आफुले ६ महिनासम्म बलात्कार, धम्की र यातना भोग्नु परेको उनले भिडिओ मार्फत बताएकी छन्। त्यस पश्चात युवतीले घटना भएका बेला पूर्व मिस नेपाल माल्भिका सुब्बालाई घटनाबारे बताई सहयोग मागेको भनेकी छन्। तर, माल्भिकालाई सहायताका लागि फोन गरेकोमा माल्भिकाले आफूलाई सहयोग नगरेको उनले भनेकी छन्।

ती युवतीले हालै घटनाबारे भिडियो बयान सार्वजनिक गरेपछि माल्भिकाले उनलाई म्यासेज गर्दै त्यतिबेला आफू नाबालिग करणी, बालयौन दुर्व्यवहार र सहमतिको सम्बन्धबारेका कानुनबारे पूर्ण जानकार नभएको म्यासेजको स्क्रिन सर्ट समेत देखाएकी छन्। ।

माल्भिका सुब्बाले यसरी मागिन माफी : तपाईंलाई सहयोग नगरेर तपाईंले बेहोर्नुपरेको पीडामा म पनि भागीदार छु
यस प्रकरणमा पूर्व मिस नेपाल माल्भिका सुब्बा तानिएकाले उनले इन्स्टाग्राममा एउता बिज्ञप्ति जारी गर्दै आफ्नो भनाई राखेकी छन्। (नेपालीमा गरिएको उल्थाको केहि प्रमूख अंश )

म घटनाबारे अत्यन्तै दु:खी छु तर म माफीको लायक छैन। मलाई विस्तृत कुरा स्पष्ट याद त छैन तर तपाईंले मलाई फोन गरेको र आफूलाई दुर्व्यवहार गर्ने पीडकबारे कुरा गर्न खोजेको राम्ररी याद छ। तपाईंलाई मेरो खाँचो परेका बेला मैले सहयोग गर्न नचाहेको पनि मलाई याद छ। मेरो त्यो व्यवहार माफीयोग्य होइन र मैले तपाईंबाट माफीको अपेक्षा पनि गरेको छैन।

त्यति बेला तपाईंको कुरा राम्ररी नसुनेकोमा, तपाईंलाई विश्वास नगरेकोमा र आवश्यक परेका बेला सहयोग गर्न अघि नसरेकोमा म अत्यन्तै दु:खी छु भन्ने तपाईंलाई सुनाउन चाहन्छु। तपाईंलाई मसँग रिसाउने र मलाई घृणा गर्ने पूर्ण अधिकार छ। किनभने मैले त्यतिखेर तपाईंको अपेक्षा पूरा गर्न पूरै असफल भएकी थिएँ। तपाईंलाई सहयोग नगरेर तपाईंमाथि भएको अन्यायको र तपाईंले बेहोर्नुपरेको पीडामा म पनि भागीदार छु भन्ने कुरा म पूर्ण रूपले स्वीकार गर्छु।

मलाई थाहा छ यो कुरा भन्न अत्यन्तै ढिलो भइसक्यो तर म आज यो कुरा भन्न गइरहेको छु- तपाईंले भोग्नुपरेको दु:खको घाउ भर्न म जुनसुकै काम गर्न तयार छु। जबसम्म तपाईंले मलाई माफ गर्न सक्नु हुने छैन, यौन हिंसाविरूद्धका कुनै पनि कार्यक्रम र फेमिनिजमसम्बन्धी कुनै प्लेटफर्ममा सहभागी हुने छैन। यसरी सार्वजनिक जीवनबाट बाहिर रहँदा तपाईंको पीडा कम हुन्छ भने म त्यो गर्नेछु। यदि तपाईं मलाई व्यक्तिगत रूपमा भेटेर आफ्नो रिस पोख्न चाहनु हुन्छ र मैले व्यक्तिगत माफी माग्दा तपाईंलाई अलिकति भए पनि सहज हुन्छ भने त्यसको निम्ति पनि तयार छु।

माल्भिकाले फेसबुक पोस्टमा भनेकी छन्, ‘मैले त्यतिखेर उनीसँग लामो गफ गर्नुपर्ने थियो र उनको हात समात्दै उनलाई अंकमाल गर्नुपर्ने थियो। म उनलाई खाँचो परेका बेला उनको समीप हुनुपर्ने थियो। मैले केही न केही त गर्नुपर्ने थियो। जस्तो उनले भनेकी छन्, मैले उनलाई फोन गरेर बहिनी तिमीलाई कस्तो छ भनेर सोध्नुपर्ने थियो। तर मैले यी केही पनि गरिनँ।

पछिल्लो आठ वर्षमा मिटू अभियान सुरू भएपछि मैले उनलाई फोन गरेर सोधेको भए पनि हुन्थ्यो तर मैले त्यो पनि गरिनँ। मैले उनलाई निरास बनाएँ। मैले तपाईंहरू सबैलाई निरास बनाएँ। यी सबै कारणले एक महिला हुनुको नाताले, मानव हुनुको नाताले र अरूभन्दा अलिकति बढी प्रभावशाली हुनुको नाताले तपाईंहरू सबैलाई मैले निरास बनाएँ। त्यसैले जुन घृणा मैले पाइरहेको छु, म त्यसको लायक छु।

इन्स्टाग्राममा माल्भिका सुब्बाको सार्वजनिक भनाई:

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img