Wednesday, April 9, 2025
52.2 F
Washington DC.

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं महानगरको बिहीबार साँझ ७  बजेसम्म ६०,८९० मतगणना सम्पन्न भै सकेको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिएका छन्।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह वालेनले भारी मतान्तरका साथ अग्रतालाई निरन्तरता दिएका छन् । यता महानगरको उपमेयरमा भने नेकपा एमालेकी सुनिता ढंगोलले अग्रता कायम राखेकी छन् । 

काठमाडौं महानगरको मेयरमा बालेनले २२,९६५ मतसहित आज पनि अग्र स्थानमा छन्। नेकपा (एमाले) का केशव स्थापित १२,१२० मतका साथ दोश्रो स्थानमा र नेपाली कांग्रेसकी सिर्जना सिंह ११, ४१४ मत सहित तेश्रो स्थानमा छन्।

यसैगरी, उपमेयरमा एमालेकी सुनिता डंगोल २२,५२२ मत सहित आज पनि अग्र स्थानमा छन्। गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ७,४५२  मत सहित दोश्रो स्थानमा छन्।  

महानगरको वडा नं. १, २,३, ४ र ५ को मतपरिणाम घोषणा भइसकेको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा वडा नं. ४, ६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

७५ भन्दा बढी देशका लागि अमेरिकी ट्यारिफ ९० दिनका लागि स्थगन, चीनमाथि १२५% ट्यारिफ लगाइयो, वाल स्ट्रिट उकालो लाग्यो

वाशिङ्टन डी.सी. –राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लागिरहेको आयात ट्यारिफलाई ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका...

अन्य समाचार

- Advertisement -spot_img