Friday, April 11, 2025
46.3 F
Washington DC.
गृह पृष्ठ ग्लोबलक्रिसमसको पूर्वसन्ध्यामा अमेरिकामा खतरनाक चिसो

क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकामा खतरनाक चिसो

क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकामा हिमपात, खतरनाक जाडो र चिसो हावाका कारण जनजीवन प्रभावित भएको छ। यसपालीको क्रिसमसमा टाढा टाढा आफनेतलाई भेटन जाने तथा विदामा गएकाहरू बाटोमा चिसोले अलपत्र परेका छन।अत्याधिक चिसोले डेढ दर्जन भन्दा बढिको ज्यान समेत गएको छ। साथै, हावाहुरीका कारण ७ लाख ५५ हजार भन्दा बढि घरहरू विजुली विहिन भएका छन।

यसपालीको क्रिसमसमा अमेरिकीले निम्न अनुशारको मौषमको सामना गर्नु पर्ने मौषमविदहरूले पूर्वअनुमान गरेका छन।
• धेरैका लागि चिसो: यो साताको अन्त्यमा मध्य र पूर्वी अमेरिकाका धेरैजसो क्षेत्रमा चिसो हावाले खतरनाक रूपमा जाडो हुनेछ। “जीवनलाई खतरामा पार्ने चिसो तापक्रम र खतरनाक चिसो हावाले अलपत्र परेका यात्रुहरूको लागि सम्भावित जीवन-जोखिमको खतरा सिर्जना गर्नेछ,” राष्ट्रिय मौसम सेवाले शनिबार बिहान सचेत गराएको छ।

• दक्षिणमा रेकर्ड तापक्रम हुने: एटलान्टा र तल्लाहसी, फ्लोरिडा, मौसम सेवाका अनुसार डिसेम्बर २४ मा रेकर्ड गरिएको सबैभन्दा चिसो उच्च तापक्रम हुने पूर्वानुमान गरिएको थियो।

• अन्यत्र क्रूर चिसो: फिलाडेल्फिया र पिट्सबर्गले शनिबार क्रिसमसको पूर्वसन्ध्यामा सबैभन्दा चिसो दिन हुने अनुमान गरिएको छ। वाशिंगटन, डीसीले क्रिसमसको पूर्वसन्ध्यामा यसको दोस्रो सबैभन्दा चिसो महसुस गर्नेछन। यसअघी पहिलो चिसो सन १९८९ मा भएको थियो। न्यूयोर्कले १९०६ पछि सबैभन्दा चिसो क्रिसमस इभको अनुभव गर्न तयार भएको छ। शिकागोले तापमान शून्य भन्दा माथि पुन: फर्कने अपेक्षा गरेको छ तर अझै पनि सन् १९८३ पछिको सबैभन्दा चिसो क्रिसमस ईभ अनुभव हुनेछ।

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ताजा समाचार