Friday, April 11, 2025
46.3 F
Washington DC.

अफगानिस्तानमा अर्को तालिबान आदेश, अब अफगान महिलालाई गैरसरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अफगानिस्तानमा अर्को तालिबानको आदेशबाट महिला कर्मचारीहरूलाई गैरसरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाइएको छ।

गत हप्ता महिलाहरूलाई विश्वविद्यालयहरूमा प्रवेश गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तान सरकारले अर्को तालिबान आदेश जारी गरेको छ ।समाचार एजेन्सी एएनआईले रोयटर्सलाई उद्धृत गर्दै लेखेको छ कि अफगानिस्तानको तालिबान सञ्चालित प्रशासनले शनिबार सबै स्थानीय र विदेशी गैर-सरकारी संस्थाहरू (एनजीओ) लाई महिला कर्मचारीहरूलाई काममा आउनबाट रोक्न आदेश दिएको छ।

जानकारीका अनुसार अफगानिस्तानको अर्थ मन्त्रालयले यस सम्बन्धमा स्वदेशी तथा विदेशी गैरसरकारी संस्थालाई पत्र पठाएको छ । यसअघि तालिबानले भर्खरै अफगान महिलाहरूको विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाएको थियो।

तालिबानले अफगानिस्तानमा कब्जा गरेदेखि नै उनीहरूले यस्ता धेरै निर्णय लिएका छन् जुन निकै अचम्मलाग्दो छ। यसमा महिलामाथि कडा प्रतिबन्ध लगाउने धेरै निर्णयहरू समावेश छन्। हालै तालिबानका उच्च शिक्षा प्रमुखले अफगान महिलाहरूलाई विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाउनुको कारण बताए।

सञ्चारमाध्यमबाट प्राप्त जानकारीका अनुसार अफगानिस्तानका उच्च शिक्षा मन्त्रीले महिलालाई पुरुषसँग घुलमिल हुनबाट रोक्नका लागि विश्वविद्यालयमा शिक्षा लिन प्रतिबन्ध लगाइएको बताएका छन। यसबाहेक विश्वविद्यालयको पाठ्यक्रम इस्लामिक कानून र अफगान गौरवको विपरीत भएको र इस्लामिक मूल्य मान्यताहरूको उल्लङ्घन भएको कारणले पनि यो निर्णय लिइएको तालिवान सरकारको जिकिर छ ।

छात्रावासमा महिलाको उपस्थिति, पुरुष साथीविना प्रान्तबाट उनीहरुको आवतजावत र हिजाबको अवज्ञाका कारण महिलाका लागि विश्वविद्यालय बन्द गर्ने निर्णय गरिएको तालिवान सरकारका अधिकारिले बताएका छन ।

अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि नै महिलाको स्वतन्त्रतामा मात्र रोक लगाइएको छैन, उनीहरूका धेरै मानव अधिकारहरू पनि खोसिएका छन्। सन् २०२१ मा अफगानिस्तानमा तालिबान फिर्ता भएदेखि तालिबान सरकारले पार्कमा महिलामाथि प्रतिबन्ध लगाएको छ, विद्यालय जान प्रतिबन्ध लगाएको छ, महिलालाई सार्वजनिक स्थानमा अनुहार छोप्न आदेश दिएको छ र पुरुष साथीबिना बाहिर निस्कन प्रतिबन्ध लगाएर मानवअधिकार उल्लङ्घन भएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img