spot_img
Friday, September 20, 2024
82.2 F
Washington DC.
spot_img

नेपाल सरकारबाट कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ बारे सचेत रहन सर्वसाधारणलाई अपिल

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ–७ बारे सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपालमा हालसम्म कोभिड–१९ को नयाँ संस्करण पुष्टि नभए पनि छिमेकी मुलुकमा यसको बढ्दो प्रभावका कारण नेपालमा पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।

छिमेकी मुलुकमा फैलिएको कोभिड–१९ को नयाँ संस्करण बीएफ ७ नेपालमा अहिलेसम्म पुष्टि भएको छैन । तर, खुला सिमाना र मानिसको आवतजावतका कारण नेपालमा पनि यो संक्रमणको जोखिम रहेकोले यसको रोकथाम र नियन्त्रणका लागि सर्वसाधारण सचेत र सचेत हुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट नेपालले धेरै आर्थिक क्षति बेहोरेको हुँदा सङ्घीय सरकार, प्रदेश र स्थानीय तहका सबै संयन्त्रलाई यसको पहिचान, रोकथाम र उपचारका लागि परिचालन गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल कोभिड–१९ को पहिचान, रोकथाम र उपचारका लागि अन्तर्राष्ट्रिय नाका र विमानस्थलबाट आउने शङ्कास्पद यात्रुको ज्वरो नाप्ने, एन्टिजेन परीक्षण र आनुवंशिक परीक्षण भइरहेको छ ।

क्रिसमस र नयाँ वर्षको समय भएकाले मास्कको अनिवार्य प्रयोग, शारीरिक दूरी कायम राख्ने, साबुन पानीले हात धुने, स्यानिटाइजरको नियमित प्रयोग जस्ता स्वास्थ्य मापदण्ड अपनाउन पनि स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई अपिल गरेको छ ।

कोभिड–१९ विरुद्ध थप ‘बुस्टर डोज’ नपाएको सर्वसाधारणलाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img