spot_img
Friday, November 22, 2024
36 F
Washington DC.
spot_img

बोनसको जिन्दगी

सम्बन्धित लेखहरु

छठ पर्व र यसको महत्व

पाँच दिन लामो तिहारको उत्सबको समापनसंगै छठपर्वको हर्षोल्लास वातावरणले...

एलन मस्कको $११९ मिलियनको जादू: ट्रम्पको ह्वाइट हाउस प्रवेश

अमेरिकी राष्ट्रपतिय निर्वाचन २०२४ मा डोनाल्ड ट्रम्पको विजयकालागी एलन...

इलेक्टोरल कलेज: अमेरिकी राष्ट्रपति निर्वाचनको अनौठो प्रणाली र यसको प्रभाव

अमेरिकी राष्ट्रपति निर्वाचनमा धेरै पटक यस्तो देखिन्छ कि उम्मेदवारले...

आज अमेरिकी चुनावको दिन: को बन्ला ४७औ राष्ट्रपती ?

आज अमेरिकामा राष्ट्रपतीय निर्वाचन शुरू भएको छ । मतदाता...

अमेरिकामा कुकुर तिहार महोत्सव पहिलो पटक आयोजना हुँदै

भर्जिनियाको हेमार्केटमा पहिलो पटक “कुकुर तिहार यूएसए” महोत्सवको आयोजना...

Share

लेखक दयानन्द दाहाल : आफ्नो अतितको बृतान्त सुनाउदै

वि.सं. २०७१ साल भाद्र २१ गते आइतबारको दिन मेरो जीवनको सबभन्दा कालो दिन थियो । यो दिन म झण्डै मरेर बाँचेको दिन थियो । यस दिनलाई मैले मेरो पुनर्जन्मको दिनका रुपमा पनि लिने गरेको छु ।

त्यस वखत मेरा दुई ठाँउमा घरहरु विद्यमान थिए । एउटा घर आफ्नै जन्मथलो मादीमा रहेको थियो भने अर्को घर धनकुटाको सिरवानी भन्ने ठाँउमा रहेको थियो । त्यस वखत म धेरैजसो मादीमा नै बस्ने गर्दथें । २०७१ सालको आणाढ ९ गतेका दिनमा मेरी नातिनी आर्या दाहालको जय जन्म भएको हुँदा मेरी पत्नी ओम कुमारी दाहाल सुत्केरी उकास्न भनौं वा नातिनीको स्याहार चाकर गर्नकालागि भनेर धनकुटाका घरमा बस्ने गरेकी थिइन् । त्यसैले म पनि धनकुटामा नै बस्ने गर्दथें । यद्यपि २०७१ सालको भाद्र महीनाको पहिलो हप्ता तिर केही घरायसी काम बिशेषले म मादीमा गएको थिएँ ।

मलाई जहाँसम्म सम्झना छ , त्यसै बेला मैले बिहिबारे बजारका छेउमा रहेको घरबारीबाट एउटा घडेरी गोबिन्द कार्कीलाई किस्ताबन्दीका रुपमा बिक्री गरेको थिएँ । उनले मलाई बैना स्वरुप पहिलो किस्ताका रुपमा चार लाख रुपयाँ दिएका थिए । मादीको काम सकेर ती सबै पैसा झोलामा बोकेर म खाँदबारी तर्फ प्रस्थान गरें । त्यहाँ पनि मेरो केही आर्थिक कारोबार थियो । त्यहाँ थप भएको रकमलाई समेत जोड्दा मसँग छ लाख रुपयाँ जम्मा भएका रहेछन् । सबै रकमलाई झोलामा सुरक्षित रुपले राखेर वि.सं. २०७१ साल भाद्र २१ गते आइतबारका दिन बिहानको ७ बजेतिर बहिनी सुलोचना शर्माको घरबाट हिडी जीप मार्फत तल्लोबाटो ( अक्करको बाटो ) हुँदै धनकुटा प्रस्थान गरेको थिएँ । त्यस जीपमा हामी करीव ९/१० जना यात्रु रहेको हुनु पर्दछ ।

करीव ११ बजे तिरको कुरा हुनु पर्दछ , हाम्रो गाडी सातटारे कटेर पिलुवा खोलाको नजीकमा पुगेको रहेछ । म निदाएको थिएँ । पिलुवा खोलाको नजीकमा रहेको एउटा सानो घुम्तीमा घुमाउदै गर्दा उक्त गाडी अनियन्त्रित हुन पुगेछ । ड्राइभर आफ्नो ज्यान जोगाउने क्रममा गाडीबाट हाम्फालेर भागेछ । हुटमा बसेको कण्डक्टर पनि भागेछ । अनियन्त्रित अवस्थामा रहेको त्यो बेवारिसे गाडी दुई बल्ड्याङ् पल्टिएछ । पहिलो बल्ड्याङमा म दाहिनेतिर सँगै बसेका यात्रु साथीहरुको जीउमाथि परेंछु । त्यसैले गर्दा पहिलो बल्ड्याङमा मलाई खासै चोट लाग्न पाएनछ । मतिर रहेको गाडीको ढोका उछिट्टिएर ऊ पर पुग्गेछ । दोश्रो बल्ड्याङ हुदै गर्दा गाडीको मोहडा उल्टोतर्फ फर्किएछ । फलस्वरुप म सुरुमा नै ढोकाबाट भुईंको चौरीमा बजारिन पुगेछु।

म बेहोस भएँछु । कति समय सम्म मेरो बेहोसी कायम रह्यो , त्यो त मलाई यकीन भएन । मेरो अनुमानमा उक्त समय करीव ४/५ मिनट जतिको हुनु पर्दछ । ब्युँझदा त मेरो दाहिने खुट्टाको तिघ्रामाथि गाडीको चक्का बसेको थियो । भगवानले हात थापिदिएर नै होला , चक्काको अगाडिको भाग एउटा ढुङ्गामाथि ओट लागेर बसेको थियो । ओटले बनाएको प्वालमा मेरो दाहिने तिघ्रो बुजो लागे जस्तै गरेर रहेको थियो । म भन्दा अगाडि गाडीको इञ्जीन मुनि एउटा यात्री लम्पसार परेर जीवनको अन्तिम सास लिईरहेका रहेछन् । अन्ततोगत्वा उनले त्याहीं प्राण त्याग गरेका थिए । गाडी भन्दा तल्लापट्टि पोखिएका धेरै यात्रुहरु बिभिन्न तवरले घाइते बनेका थिए । एकजना अर्को यात्री मरणासन्न अवस्थामा रहेको बुझिएको थियो । ती यात्रीले पाख्रीबासमा पुगेपछि मृत्युबरण गरेछन् ।

कस्तो दर्दनाहक दुर्घटना थियो त्यो ? कति कहालीलाग्दो दृश्य थियो ? आफैं अनुमान गरौं त । म ब्युझदा पिलुवा खोलामा काम गर्दै रहेका कामदारहरु आएर घाइतेहरुको उद्धार गरिरहेका रहेछन् । मैले मेरो दाहिने तिघ्रामाथि जीपको टायर बसेको कुरा थाहा पाएँ । खुट्टा फ्राक्चर भयो कि भनेर जाँच गरें । त्यस्तो अवस्था रहेको अनुभव गरिन । खुट्टालाई तानेर बाहिर निकाल्ने कोशिष गरें । तर सकिन । खुट्टा मुनिको माटो कोट्याउने कोशिष गरें । आपतका समयमा सिरु जस्तो झारले जेलिएको कडा चट्टान जस्तो बनेको भुईंलाई म कसरी कोट्याउन सक्थें होला र ? आफ्नो प्रयासबाट केही नचलेपछि म गुहार कराउन थालें । यसअघि कसैले पनि मलाई देखेका रहेनछन् । मेरो गुहार सुनेपछि १०/१५ जनाको उद्धारटोली म तर्फ आएको थियो ।

केही मानिसले मलाई जबर्जस्त तानेर बाहिर निकाल्ने प्रयत्न गरे । तर मैले यस कुरालाई ठाडै इन्कार गरें । त्यस पछि उनीहरुले गाडीलाई नै अघिल्तिर धकेलेर बाहिर निकाल्ने कुरा उठाए । मैले त्यस कुराको पनि प्रतिबाद गरें । मैले भनें – जीपलाई गल लगाएर उचाल्दिनोस र मलाई तानेर सहज ढङ्गले बाहिर निकालि दिनुहोस् । उनीहरुले मैले प्रस्तुत गरेको उपायलाई स्वीकारे र त्यसै गरे । धेरै जनाको प्रयासबाट गाडी उचालियो । दुई जनाले तानेर मलाई सुरक्षित ढङ्गले बाहिर निकाली नजीकैको कटेरोमा विश्राम गराए ।

केही समय पछि अर्को गाडी आयो । त्यस गाडीले आफ्ना यात्रुहरुलाई त्यहीं छोडी घाइते यात्रुहरुलाई लिएर गयो । मैले भने त्यस गाडीबाट जान इन्कार गरें । किनभने मैले धनकुटामा रहेको छोरो शरद कुमार दाहाल र छोरी शशिकला शर्मालाई घटनाको विवरण सुनाई एम्बुलेन्स लिएर आउन अराएको थिएँ ।
बर्षादको समय भएको हुनाले अगाडिको बाटो पनि सहज रहेनछ । दुर्घटना पछि आएको दोश्रो गाडीले मलाई सँगै लिएर जान आग्रह गरे । मैले मगाएको एम्बुलेन्स जहाँ भेटिन्छ त्यहींबाट मलाई एम्बुलेन्समा सार्ने बचन पनि दिए । म जीपमा रहेको बीचको लहरमा दुईजना युवाहरुका साथमा राखिएँ । बिचरा ती भाइहरुले कुनै आनाकानी नगरिकन मलाई बोकेजस्तै गरी धनकुटाको डिकुरेसम्म पुर्याएका थिए । ती भाइहरु इटहरीमा पढदै गरेका विद्यार्थी थिए । उनीहरुले आफ्नो नाम र ठेगाना पनि बताएका थिए । तर अहिले बिर्सिएछु ।

डिकुरे भन्दा ठीक मास्तिर एउटा ट्रक बिग्रिएर बीच बाटामा बसेको रहेछ । कुनै पनि यातायातका साधनहरु ट्रकदेखि वारपार गर्न सक्ने स्थिति रहेनछ । त्यसैले मलाई लिन भनी गएको एम्बुलेन्स पनि त्यहीं रोकिन बाध्य भएको रहेछ । प्रकाश भाञ्जा पनि साथै गएका रहेछन् । म भन्दा अघिल्लो गाडीबाट ल्याइएका घाइतेहरुलाई स्थानीय परिवेशको निर्णय अनुसार मेरा छोरा छोरीहरुले रिजर्भ गरी लगेको एम्बुलेन्समा राखी धरान पठाइएछ । मलाई भने आउदै गरेको गाडीबाट अर्कै गाडीमा सारी धनकुटासम्म पुर्याइएको थियो । छोरा छोरी र भाञ्जा मेरै साथमा गएका थिए । धनकुटाबाट म एम्बुलेन्स मार्फत बी.पी. अस्पताल , धरानमा पुगेको थिएँ । त्यसबेला भने मेरा साथमा छोरो शरद कुमार दाहाल भाञ्जा प्रकाश गौतम र पत्नी ओम कुमारी दाहाल गएका थिए ।

बी.पी. अस्पताल , धरानले हामी सबै घाइतेहरुलाई ईमर्जेन्सी वार्डमा राखी औषधोपचारको प्रारम्भ गर्यो । जीउको एक्सरे गरेर हेर्दा मेरो पिठ्यूँको एउटा करङ्ग बाङ्गिएको पाइयो । भाँचिएको वा फुटेको भने रहेनछ । दाहिने खुट्टाको घुडाको छेउमा तिघ्रापट्टि ताछिएको एउटा घाउ थियो । भुँइमा पछारिएको कारणले गर्दा जीउ थिलथिलो बनेर दुखिरहेको थियो । बिस्तार बिस्तार पेटको वरिपरि रगत जमेर बनेको कालो धब्बा बाक्लिदै गएको देखिन्थ्यो । एकातिर बिरामको कारण र अर्कातर्फ अस्पतालको व्यवस्थापन पक्ष निकै नै कमजोर रहेको कारणले गर्दा रात बिताउन निकै नै कठीन महसुस भएको थियो । बिहानीपख केही औषधीहरुको सिफारिसका साथ डाक्टरले मलाई डिस्चार्ज गरिदियो ।

(दयानन्द दाहाल : आजभन्दा आठ बर्ष अगाडि घटना घटेको १०/१२ दिन पछि खिचिएको तस्वीर )

मैले धनकुटाको घरमै बसेर औषधोपचार गरें । पहिले त उठन , बस्न र दिसा पिसाव गर्न पनि निकै कठीन भयो । ट्वाइलेट जान सम्मपनि कठीन भएका कारण सुत्ने कोठामा नै सो को व्यबस्था मिलाइएको थियो ।औषधीको प्रभावले गर्दा म बिस्तार बिस्तार निको हुँदै गएँ । १०/१२ दिन पछि पेटमा देखिएको कालो धब्बा बिस्तारै बिस्तारै हट्तै जान थाल्यो । पूरा निको हुन भने २/४ महीना नै लागेको थियो । औषधोपचारका लागि म काठमाडौंसम्म पनि आएको थिएँ । निको भए पछि मादीमा बसेर म फेरिपनि सामाजीक काममा अभ्यस्त हुन थालें ।

अहिले आठबर्ष पछि आएर त्यस बेलाको ढाड दुख्ने रोगले पुनरावृत्ति लिएको छ । पछाडि पट्टिको करङ्ग र कम्मर दुख्ने रोग बल्झिएको छ । भर्खरै मात्र काठमाडौंबाट मादी जाँदा र मादीबाट काठमाडौं आउदा गरिएको बस यात्राले गर्दा यो रोग बल्झिएको हुनु पर्दछ । अब उप्रान्त पनि लामो दुरीको बस यात्रा गर्न नसकिएला कि जस्तो लाग्न थालेको छ । आँखाको दृश्य शक्ति कमजोर हुदै गएर लेख्न र पढ्न नै नसकिने जस्तो भएको छ । ओरालो हिड्दा आँखाको सन्तुलन नमिलेर हिड्न नै कठीन हुन थालेको छ । आफूले ग्रहण गरेका सामाजिक दायित्वहरुलाई पूरा गर्न नसकिएला कि भन्ने डर पलाउन थालेको छ । हेर्दै जाउँ , दैवको लीला कतातिर मोडिदो रहेछ । हाम्रा पूर्ब प्रधानमन्त्री के.पी. शर्मा ओलीले बेलावखत आफूलाई ” बोनसको जीन्दगीमा बँचेको ” भनेर भाषण गर्ने गरेको सुन्दा मलाई पनि आफ्नो घटनाको सम्झनामा आउने गर्दछ । मेरो पनि अहिलेको जीन्दगी बोनसकै जीन्दगीका रुपमा रहेको जस्तो लाग्दछ । यसलाई मैले पुनर्जन्मका रुपमा ग्रहण गर्ने गरेको छु ।

अन्य पोस्टहरु:

थप सामाग्री

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब डलरको सौर ऊर्जा परियोजनामा भारतीय...

नेपालबाट बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात सुरू, पहिलो पटक डलरमा व्यापार

नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात गरेर विद्युत व्यापारको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का,...

पूर्णबहादुरको सारङ्गी र सङ्ग्रामपुर: संयोग कि प्रतिलिपि?

काठमाडौँ, नेपाल — लेखक तथा सर्जक डा. शिव शंकर बस्यालले नेपाली चलचित्र “पूर्णबहादुरको सारङ्गी” र आफ्नै उपन्यास “सङ्ग्रामपुर” बीच उल्लेखनीय समानताहरू रहेको बताउँदै एउटा...

माइकल ब्लूमबर्ग: “ट्रम्प मेरो रोजाइका राष्ट्रपति थिएनन्, तर उनको जितलाई अब स्वीकारौं”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै ब्लुमबर्ग एलपी तथा ब्लुमबर्ग न्यूजका संस्थापक र जलवायु महत्त्वाकांक्षा र समाधानका लागि राष्ट्रसंघीय विशेष दूत माइकल...

छठ पर्व र यसको महत्व

पाँच दिन लामो तिहारको उत्सबको समापनसंगै छठपर्वको हर्षोल्लास वातावरणले विश्वभर फैलिएको नेपाली समुदाय  पुलकित भएको छ । षष्ठी तिथिका दिन मनाइने भएकोले यस पर्वको नाम...

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्प र सिनेटर भ्यान्सको विजयको लागि पूर्व राष्ट्रपति बाराक ओबामाको बधाई

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले हालैको अमेरिकी चुनाव परिणामको प्रतिक्रिया स्वरूप एक भावुक सन्देश दिएका छन्। उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका...