spot_img
Friday, September 20, 2024
75.8 F
Washington DC.
spot_img

अमेरिकास्थित नेपाली दूतावासको सवारी साधन तोडफोड गरी मनी अर्डर र क्यासियर चेकहरु लुटियो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको डालास, अस्टिन र ह्युस्टन शहरहरुमा संचालित नेपाली दूतावासको कन्सुलर सेवा शिविरहरुबाट संकलित मनी अर्डर र क्यासियर चेकहरु लुटिएको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ।

नेपाली दूतावासले जारी गरेको विज्ञप्ति अनुसार दूतावासले १५ देखि २० डिसेम्बर २०२२ सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन शहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएका मनी अर्डर र क्यासियर चेकहरुसहित दूतावासका कर्मचारीहरु २२ डिसेम्बर २०२२ का दिन ह्युस्टनबाट बासिङ्गटन डि. सी. तर्फ जाने क्रममा पार्किङ्गमा राखिएको सवारी साधन स्थानीय समय अपराह्न १२:०३ बजे तोडफोड भई लुटिएको जनाएको छ।

तर दूतावासले कति रकम बराबरको मनी अर्डर र क्यासियर चेकहरु लुटिएको भन्ने खुलाएको छैन ।

दूतावासले तत्काल ह्युस्टन प्रहरी विभाग (घटना नं.१७२२३५७२२) , कूटनीतिक सुरक्षा डिभिजन ह्युस्टन लगायतका निकायहरुमा उजुरी गरी लुटिएको मनी अर्डर र क्यासियर चेकहरु फिर्ता लिन प्रयास गरीरहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

सेवाग्राहीको नजिकै गई सेवा प्रवाह गर्ने क्रममा भएको यो घटनाको अनुसन्धान गरी लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा सहयोग गर्न दूतावासले अपिल गरेको छ। त्यस्तै त्यसरी लुटिएका मनी अर्डर र क्यासियर चेक रद्द गर्नका लागि पनि दूतावासले आग्रह गरेको छ।

‘कन्सुलर सेवा शिविरबाट सेवा प्राप्त गर्ने सबै सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा पेस गर्नुभएको मनी अर्डर वा क्यासियर चेक यदि रद्द गर्न सम्भव भएमा आफूले मनी अर्डर वा क्यासियर चेक बनाएको सम्बन्धित स्टोर वा बैंकमा गई तत्काल ती रद्द गर्न अनुरोध छ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img