spot_img
Friday, September 20, 2024
62 F
Washington DC.
spot_img
गृह पृष्ठ राजनीतिप्रचण्ड तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त, भोलि सपथ ग्रहण

प्रचण्ड तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त, भोलि सपथ ग्रहण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

आइतबार प्रचण्डले दोस्रो ठूलो दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी तथा तीन स्वतन्त्र सहित सात दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीसमक्ष दाबी पेश गरेका थिए ।

प्रतिनिधिसभाको निर्वाचनमा कुनै पनि दलले बहुमत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम गठबन्धन सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएकी हुन् ।

राष्ट्रपतिले दिएको समयभित्रै प्रचण्डले १ सय ७० सांसदको समर्थनमा प्रधानमन्त्रीसमक्ष आफ्नो दाबी पेश गरेका थिए ।

तेस्रो पटक नेपालको प्रधानमन्त्री बनेका दाहालले सोमबार स्थानीय समय अनुसार अपराह्न ४ बजे प्रधानमन्त्रीको सपथ लिनेछन् ।

दाहाल २०६४ सालको पहिलो संविधानसभामा रोल्पा र काठमाडौं १० बाट निर्वाचित भएका थिए भने २०७० सालको दोस्रो संविधानसभामा सिरहा ५ बाट जितेका थिए । २०७४ सालमा चितवन ३ बाट निर्वाचित भएका दाहाल यसपटक गोरखा-२ बाट उठी जितेका थिए ।

पहिलोपटक भएको संविधान सभाको चुनावमा माओवादी ठूलो दल भएपछि २०६५ सालमा दाहालले ९ महिना प्रधानमन्त्रीको पद सम्हालेका थिए । २०७३ सालमा दोश्रो पटक प्रधानमन्त्री बनेका दाहालले कांग्रेससग मुख्य सत्तासाझेदारी गरेका थिए । पहिलो र यसपालीको तेस्रो पारीमा दाहालले एमाले संग मुख्य सत्तासाझेदारी गरेका छन।

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ताजा समाचार