spot_img
Friday, September 20, 2024
63.6 F
Washington DC.
spot_img

अमेरिकाद्वारा सम्भावित आक्रमणको कारण भन्दै इस्लामावादको मेरियट होटलमा सरकारी कर्मचारीलाई जान प्रतिबन्ध

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाले पाकिस्तानमा आफ्ना कर्मचारीमाथि आक्रमणको सम्भावना व्यक्त गर्दै अमेरिकी जनतालाई पाकिस्तानको होटल मेरियटबाट टाढा रहन आग्रह गरेको छ । इस्लामावादस्थित अमेरिकी दूतावासले आइतबार आफ्ना कर्मचारीलाई ‘सम्भावित हमला’ को चिन्ताका कारण मेरियट होटलबाट टाढा रहन आग्रह गरेको छ । वास्तवमा, इस्लामाबाद यस समयमा उच्च सतर्कतामा छ। त्यहाँ आयोजना हुने सबै कार्यक्रम रद्द गरिएको छ ।

अमेरिकी सरकारले बिदाको समयमा पाकिस्तानमा रहेका अमेरिकी नागरिकमाथि आक्रमणको सम्भावना रहेको बताएको छ । अज्ञात व्यक्तिहरूले आक्रमणको योजना बनाइरहेको भन्ने अमेरिकी सरकारलाई जानकारी भएकाले इस्लामावादस्थित अमेरिकी दूतावासले आफ्नो समुदायका मानिसहरूलाई सार्वजनिक समारोहमा जान प्रतिबन्ध लगाउने चेतावनी जारी गरेको छ। सुरक्षाको हितमा, दूतावासले सबै नियोगका कर्मचारीहरूलाई छुट्टीको समयमा इस्लामाबादको गैर-आवश्यक, अनौपचारिक यात्रा नगर्न आग्रह गरेको छ।

दूतावासले आफ्ना कर्मचारीलाई कार्यक्रम, धार्मिक स्थलमा सतर्क रहन आग्रह गरेको छ । यसका साथै भीडभाड हुने ठाउँबाट टाढा रहन सुझाव दिइएको छ । दूतावासले अमेरिकी जनतालाई आफ्नो सुरक्षालाई ध्यानमा राखेर योजना बनाउन, आफ्नो परिचयपत्र आफूसँग राख्न र कानुनको पालना गर्न आग्रह गरेको छ ।

दुई दिनअघि राजधानी इस्लामावादमा आत्मघाती बम विस्फोट हुँदा एक प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । यस घटनालाई ध्यानमा राख्दै अमेरिकी दूतावासले एक निर्देशानात्मक सुचना जारी गरेको छ । इस्लामाबाद प्रशासनले सबै प्रकारका जमघट, चुनावी कार्यक्रमसँग सम्बन्धित गतिविधिलाई १५ दिनसम्म प्रतिबन्ध लगाएको छ । साथै आगामी ४८ घण्टाका लागि सहरमा उच्च सतर्कता घोषणा गरिएको छ।

सन् २००८ मा, एक आत्मघाती बमवर्षकले ६०० किलोग्राम विस्फोटक पदार्थ बोकेको ट्रकलाई पाँचतारे होटल मेरियटको बाहिरी गेटमा ठोक्दा ठूलो विस्फोट भएको थियो । उक्त विस्फोटमा ६० जनाको मृत्यु भएको थियो । यस आक्रमणपछि होटलको त्यो भाग ध्वस्त भएको थियो र त्यसपछि बन्द गरिएको थियो । केही महिनापछि यो गेटलाई बमप्रुफ बनाएर खोलिएको थियो ।

अहिले पाकिस्तान आतंकवादको बढ्दो खतराको सामना गरिरहेको छ । यसैबीच अफगानिस्तानबाट पनि सीमा क्षेत्रमा लगातार गोलीबारी भइरहेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img