spot_img
Friday, November 22, 2024
34.8 F
Washington DC.
spot_img
गृह पृष्ठ ग्लोबलटर्की–सिरिया भूकम्प: भग्नावशेषबाट आश्चर्यजनकरुपले ३ महिलाको उद्वार

टर्की–सिरिया भूकम्प: भग्नावशेषबाट आश्चर्यजनकरुपले ३ महिलाको उद्वार

- Advertisement -

टर्की–सिरियामा गएको शताब्दीकै सबैभन्दा विनाशकारी भूकम्पमा हालसम्म ३३ हजारभन्दा बढीको ज्यान गएको छ भने भूकम्प गएको १२२ घण्टापछि तीन महिलाहरु लाई जिवितै उद्वार गरिएको छ । तीमध्ये पहिलो महिला ७० वर्षीया मेनेक्से ताबाक हुन्। दोस्रो ५५ वर्षीय मसल्लाह सिसेक र तेस्रो ४० वर्षीय जेनेप कहरामन हुन्। जेनेप १०४ घण्टापछि भग्नावशेषबाट जिउँदै निकालिने पहिलो महिला थीइन ।

७० वर्षीय मेनेक्सेलाई एम्बुलेन्सद्वारा कम्बलमा बेरिएको कहरामनमारस प्रान्तको अस्पतालमा लगिएको थियो, जबकि मसल्लाहलाई दक्षिणपूर्वी टर्कीको सबैभन्दा ठूलो सहर दियारबाकरको भवनको भग्नावशेषबाट निकालिएको थियो। अर्कोतर्फ किरिखान सहरकी जेनेप कहरामनलाई भग्नावशेषबाट सकुशल निकाल्नेबित्तिकै स्ट्रेचरमा लगिएको थियो । उसको आँखालाई उज्यालोबाट जोगाउन कालो चश्मा लगाइएको थियो । त्यसपछि उनको कान्छी बहिनी जुबायदेले उद्धार कार्यकर्ता स्टीवन बेयरलाई अँगालो हालेकी थिइन् । अब म चमत्कारमा विश्वास गर्छु, बेयरले प्रतिक्रिया दिएका थिए ।

भग्नावशेषमा १० दिनको नवजात शिशु जिउँदै फेला
टर्की-सिरियाको विनाशका धेरै भिडियो र तस्बिरहरूले मान्छेलाई अचाम्वित बनाउछ। उज्यालो थर्मल कम्बलमा बेरिएको यागिज उल्स नामका १० दिनको नवजात शिशुलाई भग्नावशेषबाट जिउदै उद्धार गरिएको छ । दक्षिणी प्रान्त हातेमा भूकम्प गएको ९० घण्टापछि १० दिने शिशु र उनकी आमालाई जिउँदै निकालिएको थियो । जिउँदै बाहिर आउने क्रम अहिले घटेको स्थानिय संचार माध्यमले जनाएका छन्।

- Advertisement -


(स्थानिय समाचार माध्यमको सहयोगमा )

- Advertisement -

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर...

नेपालबाट बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात सुरू, पहिलो पटक डलरमा व्यापार

नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात गरेर विद्युत व्यापारको क्षेत्रमा ऐतिहासिक उपलब्धि...

पूर्णबहादुरको सारङ्गी र सङ्ग्रामपुर: संयोग कि प्रतिलिपि?

काठमाडौँ, नेपाल — लेखक तथा सर्जक डा. शिव शंकर बस्यालले नेपाली चलचित्र “पूर्णबहादुरको सारङ्गी”...

माइकल ब्लूमबर्ग: “ट्रम्प मेरो रोजाइका राष्ट्रपति थिएनन्, तर उनको जितलाई अब स्वीकारौं”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै ब्लुमबर्ग एलपी तथा ब्लुमबर्ग न्यूजका संस्थापक...

छठ पर्व र यसको महत्व

पाँच दिन लामो तिहारको उत्सबको समापनसंगै छठपर्वको हर्षोल्लास वातावरणले विश्वभर फैलिएको नेपाली समुदाय  पुलकित भएको...

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्प र सिनेटर भ्यान्सको विजयको लागि पूर्व राष्ट्रपति बाराक ओबामाको बधाई

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले हालैको अमेरिकी चुनाव परिणामको प्रतिक्रिया स्वरूप एक भावुक सन्देश...

थप समाचार

पूर्णबहादुरको सारङ्गी र सङ्ग्रामपुर: संयोग कि प्रतिलिपि?

काठमाडौँ, नेपाल — लेखक तथा सर्जक डा. शिव शंकर बस्यालले नेपाली चलचित्र “पूर्णबहादुरको सारङ्गी”...

माइकल ब्लूमबर्ग: “ट्रम्प मेरो रोजाइका राष्ट्रपति थिएनन्, तर उनको जितलाई अब स्वीकारौं”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै ब्लुमबर्ग एलपी तथा ब्लुमबर्ग न्यूजका संस्थापक...