Friday, March 6, 2026
51.9 F
Washington DC.
गृह पृष्ठ मनोरन्जनपठानको बक्स अफिस कलेक्शनः बाहुबली २ लाई उछिन्दै

पठानको बक्स अफिस कलेक्शनः बाहुबली २ लाई उछिन्दै

- Advertisement -

शाहरुख खानको पठानले फिल्म रिलिजको १९ औं दिनमा फेरि एकपटक चर्चामा आएको छ । अघिल्लो दिन अर्थात शनिबारको कलेक्शनपछि यो फिल्मले आइतबार पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

बक्स अफिसमा पठानको छर्लाङ्ग:

शाहरुख खान लामो समयपछि फिल्म पठानबाट ठूलो पर्दामा मुख्य नायकको रुपमा फर्किएका हुन । यहि कारणले शाहरुखको चलचित्र हेर्न दर्शकहरु हलमा पुग्ने गरेका छन् । पठानले हालै यशको ‘केजिएफ़ २’ को हिन्दी संस्करणको कीर्तिमानलाई तोडेपछि अब फिल्म बाहुबली २ लाई उछिन्न तिब्र गतिमा अघि बढिरहेको छ।

- Advertisement -

फिल्मको कमाईको कुरा गर्ने हो भने पठानले अहिलेसम्म धेरै रेकर्ण बनाएको छ । पहिलो विस्तारित हप्तामापठानले ३६४.१५ करोडको व्यापार गरेको थियो । जसमा हिन्दी भाषामा ३५१ करोड, तेलुगुमा ९ करोड र तमिलमा ४.१५ करोड कमाएको थियो । र दोस्रो हप्तामा पठानले ९४.७५ को व्यापार गरेको थियो । यसबाहेक पठानले तेस्रो शुक्रबार ५.९ करोड र शनिबार ११.२५ करोडको व्यापार गरेको छ ।

यतिबेला पठानको तेस्रो आइतबारको तथ्यांक पनि आएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार पठानले १९ औं दिनमा उत्कृष्ट छर्लाङ्ग गर्दै १४ करोड कमाएको छ । आइतबारको कमाइ सगै पठानको कुल कलेक्सन ४९०.०५ करोड पुगेको छ । पठानको कमाईलाई हेर्दा पठानले छिट्टै चलचित्र बाहुबली २ लाई पछाडि छोड्ने अनुमान गरिएको छ ।
(फिल्म हंगामा लगायत भारतीय संचार माध्यमको सहयोगमा )

- Advertisement -

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः...

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ।...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...

थप समाचार

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...