Wednesday, April 9, 2025
52.2 F
Washington DC.
गृह पृष्ठ खेलकूदनेपालले मलेसियालाई १० विकेटले हरायो - युएईलाई हराए नेपालले विश्वकप खेल्ने

नेपालले मलेसियालाई १० विकेटले हरायो – युएईलाई हराए नेपालले विश्वकप खेल्ने

- Advertisement -

नेपालले युएईमा जारी आइसिसी यू-१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा लगातार चौथो पटक जितेको छ । नेपालले मंगलबार मलेसियालाई १० विकेटले हराउँदै लगातार चौथो जित हात पारेको हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रन र तेस्रो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । 

मलेसियाले दिएको ७३ रनको विजयी लक्ष्य नेपालले ९ ओभरका पूरा गरेको थियो । जितसँगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना बढाएको छ । नेपाल अब विश्वकप छनोटबाट एक खेलमात्र टाढा छ ।

नेपालका लागि ओपनर दीपक बोहोराले अविजित ३८ र अर्जुन कुमालले अविजित २१ रन बनाएका थिए ।

- Advertisement -

यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेटको क्षतिमा ७२ रन बनाएको थियो । मलेसियाका लागि मोहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाएका थिए । मोहम्मद सायाहिर र मोहम्मद हरिसानले १२/१२ रन बनाए भने अन्य खेलाडीले भने दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङमा नेपालका दीपेश कँडेलले चार विकेट, आकाश चन्दले तीन, मिलन बोहोराले दुई तथा सुवास भण्डारीले एक विकेट झारेका थिए ।नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकपमा छनोटको मुखमा रहेको हो । नेपालले अब अन्तिम खेल बुधबार आयोजक युएईसँग खेल्नेछ ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुर सहभागी छन् । छनोट प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।

उता युएईले कुवेतलाई ८ विकेटले हराउँदै लगातार चौथो जितका साथ शीर्षस्थान कायम राखेको छ । नेट रन रेटका कारण युएई शीर्ष स्थानमा छ । युएई ४ खेलमा ८ अंकका साथ ४.२६८ नेट रन रेट सहित शीर्ष स्थानमा छ।

नेपाल ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ३.८२९ छ । नेपाल र युएईबीचको खेल बिहीबार आजमानका रहेको इडेन गार्डेनमा हुनेछ । उक्त खेलको विजेता टोली प्रतियोगिता च्याम्पियन बन्नेछ । प्रतियोगिता च्याम्पियन टोलीले २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । 

- Advertisement -

७५ भन्दा बढी देशका लागि अमेरिकी ट्यारिफ ९० दिनका लागि स्थगन, चीनमाथि १२५% ट्यारिफ लगाइयो, वाल स्ट्रिट उकालो लाग्यो

वाशिङ्टन डी.सी. –राष्ट्रपति डोनाल्ड ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लागिरहेको आयात ट्यारिफलाई ९० दिनका...

अमेरिका प्रवेशका लागि यहूदीविरोधी सामाजिक सञ्जाल गतिविधिमा कडा निगरानी, DHS को नयाँ नीति लागू

अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले आजदेखि आप्रवासीहरूको सामाजिक सञ्जालमा यहूदीविरोधी (एन्टि-सेमिटिक) गतिविधि...

दृष्टिकोणः अमेरिकी व्यापार युद्ध र विश्व अर्थतन्त्रको कम्पन

लेखक: नारायण गाउॅले (फेसबुक पोस्टबाट साभार) अमेरिकी शेयर बजारले एकै हप्तामा ६ ट्रिलियन डलरभन्दा बढी...

ट्रम्पको ५०% भन्सार करको धम्कीपछि चीनको कडा चेतावनी : ‘अन्तिमसम्म लड्नेछौं’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि थप ५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएपछि...

रवि लामिछानेः जनप्रियबाट जेलसम्मको यात्राको भित्री कथा

फास्ट ट्राकमा पक्राउ : सरकारको नियतमाथि प्रश्न पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

थप समाचार

अमेरिका प्रवेशका लागि यहूदीविरोधी सामाजिक सञ्जाल गतिविधिमा कडा निगरानी, DHS को नयाँ नीति लागू

अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले आजदेखि आप्रवासीहरूको सामाजिक सञ्जालमा यहूदीविरोधी (एन्टि-सेमिटिक) गतिविधि...

दृष्टिकोणः अमेरिकी व्यापार युद्ध र विश्व अर्थतन्त्रको कम्पन

लेखक: नारायण गाउॅले (फेसबुक पोस्टबाट साभार) अमेरिकी शेयर बजारले एकै हप्तामा ६ ट्रिलियन डलरभन्दा बढी...