Friday, March 6, 2026
53.4 F
Washington DC.
गृह पृष्ठ खेलकूदनेपालले मलेसियालाई १० विकेटले हरायो - युएईलाई हराए नेपालले विश्वकप खेल्ने

नेपालले मलेसियालाई १० विकेटले हरायो – युएईलाई हराए नेपालले विश्वकप खेल्ने

- Advertisement -

नेपालले युएईमा जारी आइसिसी यू-१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा लगातार चौथो पटक जितेको छ । नेपालले मंगलबार मलेसियालाई १० विकेटले हराउँदै लगातार चौथो जित हात पारेको हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रन र तेस्रो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । 

मलेसियाले दिएको ७३ रनको विजयी लक्ष्य नेपालले ९ ओभरका पूरा गरेको थियो । जितसँगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना बढाएको छ । नेपाल अब विश्वकप छनोटबाट एक खेलमात्र टाढा छ ।

नेपालका लागि ओपनर दीपक बोहोराले अविजित ३८ र अर्जुन कुमालले अविजित २१ रन बनाएका थिए ।

- Advertisement -

यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेटको क्षतिमा ७२ रन बनाएको थियो । मलेसियाका लागि मोहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाएका थिए । मोहम्मद सायाहिर र मोहम्मद हरिसानले १२/१२ रन बनाए भने अन्य खेलाडीले भने दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङमा नेपालका दीपेश कँडेलले चार विकेट, आकाश चन्दले तीन, मिलन बोहोराले दुई तथा सुवास भण्डारीले एक विकेट झारेका थिए ।नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकपमा छनोटको मुखमा रहेको हो । नेपालले अब अन्तिम खेल बुधबार आयोजक युएईसँग खेल्नेछ ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुर सहभागी छन् । छनोट प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।

उता युएईले कुवेतलाई ८ विकेटले हराउँदै लगातार चौथो जितका साथ शीर्षस्थान कायम राखेको छ । नेट रन रेटका कारण युएई शीर्ष स्थानमा छ । युएई ४ खेलमा ८ अंकका साथ ४.२६८ नेट रन रेट सहित शीर्ष स्थानमा छ।

नेपाल ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ३.८२९ छ । नेपाल र युएईबीचको खेल बिहीबार आजमानका रहेको इडेन गार्डेनमा हुनेछ । उक्त खेलको विजेता टोली प्रतियोगिता च्याम्पियन बन्नेछ । प्रतियोगिता च्याम्पियन टोलीले २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । 

- Advertisement -

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः...

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ।...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...

थप समाचार

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...