spot_img
Friday, September 20, 2024
74.5 F
Washington DC.
spot_img

घरघरमा मल बनाउँदै तिलोत्तमा

सम्बन्धित लेखहरु

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत...

ममता प्रकरणमा खोलीएका दुई गोफन्डमी र समुदायमा थपेको तनाव 

भर्जिनिया, अमेरिका ३१ जुलाई २०२४ देखि मनासस, भर्जिनियाबाट ममता काफ्ले...

बेवारिसे बन्यो ६८ लाखको ‘भ्यूटावर’, सामानहरु चोरी हुन थाले

बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न...

Share

रुपन्देही नेपालकै नमुना नगरपालिका तिलोत्तमाले फोहर न्यूनीकरण अभियान थालेको छ। कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण गर्न थालिएको छ। नगरपालिकाले पहिलो चरणमा आनन्दवन—शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा कम्पोष्टबिन वितरण सुरु गरेको हो।

मूलतः थोरै क्षेत्रफलमा घर निर्माण गरेका नगरबासीहरूलाई लक्षित गरी कम्पोष्टबिन वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ। कम्पोष्टबिनमा नगरपालिका र खानेपानी संस्थासँगै उपभोक्ताहरूको पनि लागत साझेदारी रहेको छ। पहिलो चरणमा खानेपानी संस्थाले एक हजार थान कम्पोष्टबिन वितरण गर्ने जनाएको छ।

उपभोक्ताको मागको आधारमा थप कम्पोष्टबिन वितरण गरिने संस्थाले जनाएको छ। नगरपालिकाले परीक्षणको रुपमा संस्थासँग सहकार्य गरेर नगरबासीले घरको जैविक फोहोरबाट कम्पोष्ट मल बनाएर प्रयोग गर्न सकुन् भनेर यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

कम्पोष्टबिन वितरण कार्यको सुभारम्भ गर्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले कम्पोष्टबिनको व्यवस्थित प्रयोगले फोहोरलाई मोहरमा परिणत गर्ने उल्लेख गर्नुभयो। उहाँले वातावरणमैत्री नगर निर्माणमा कम्पोष्टबिन वितरणले टेवा पुर्याउने बताउँदै प्रभावकारिताको आधारमा यसलाई विस्तार गरिने बताउनुभयो।

त्यसअवसरमा संस्थाले सञ्चालन गरेका कामहरूको बारेमा जानकारी गराउँदै संस्थाका अध्यक्ष केशवराज न्यौपानेले कम्पोष्टबिनले उपभोक्ताहरूलाई कौशीखेतीमा समेत प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारी, नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख युवराज पन्थी, आनन्दवन शंकरनगर खानेपानीका उपाध्यक्षलगायतले कम्पोष्टबिनको प्रयोग र महत्वको बारेमा चर्चा गर्नुभएको थियो।

तिलोत्तमा नगरपालिका सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित नगर सरसफाई अभियान एक सयौं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार डष्टबिन वितरण गरिएको हो। यसअघि आनन्दवन शंकरनगर खानेपानी संस्थाले आफ्ना उपभोक्तालाई नगरपालिकासँगको लागत साझेदारी समेतमा कुहिने र नकुहिने फोहोर राख्ने डष्टबिन वितरण गरेको थियो।

खानेपानी संस्थामा आठ हजारभन्दा बढी उपभोक्ता घरधुरी छन्। कम्पोष्टबिनको प्रयोग गरी सडने फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने हो भने फोहोर व्यवस्थापनका लागि अरुको भर पर्नु पर्दैन। यसमा उत्पादित मललाई करेसाबारीमा प्रयोग गरी विभिन्न जातको तरकारी फलाउन सकिन्छ। जग्गा जमिन हुनेले मात्र होइन नहुनेले पनि घरको छतमा कौशी खेती गर्न सक्छन्।

सप्ताहव्यापी कार्यक्रमअनुसार मंगलबार नगरपालिकाको सिक्सलेन सडकमा बिहान मानव साङ्लो सहितको सरसफाई कार्यक्रम आयोजना गरिएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिनुभयो। सप्ताहव्यापी कार्यक्रमअनुसार नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरूले सडक र  सार्वजनिक स्थानमा सघन सरसफाई गरेका छन् भने विद्यालयहरूमा पनि सफाई गरिएको छ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट नियमित सरसफाई अभियान सुरु भएको थियो। आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरूको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ। वडा कार्यालय र टोल विकास संस्थाहरू समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

अन्य पोस्टहरु:

थप सामाग्री

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको कडा आलोचना...

ममता प्रकरणमा खोलीएका दुई गोफन्डमी र समुदायमा थपेको तनाव 

भर्जिनिया, अमेरिका ३१ जुलाई २०२४ देखि मनासस, भर्जिनियाबाट ममता काफ्ले भट्ट बेपत्ता भएकी छन्, र प्रहरी अनुसन्धानमा उनका पति नरेश भट्टलाई घटनासँग सम्बन्धित भएको गम्भीर...

बेवारिसे बन्यो ६८ लाखको ‘भ्यूटावर’, सामानहरु चोरी हुन थाले

बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा...

ममता प्रकरणः अदालतद्वारा अक्टोबर २४ मा तोकिएको प्रारम्भिक सुनुवाइ खारेज, मुद्वा अव सर्किट कोटमा जाने

मनासस पार्क, भर्जिनिया— बिगत एक महिना बढी देखि मनासस पार्कको निवासबाट बेपत्ता भएकी ममता काफ्ले भट्टको मुद्दामा नयाँ मोड आएको छ। उनका श्रीमान् नरेश...

ममता काफ्ले प्रकरणः पिआर र ग्रिन कार्डलाई दोष दिनु पितृसत्तात्मक सोचको उपज

लेखकः विशाल दत्त भट्ट (पेशाले भट्ट नेपालमा अधिवक्ता हुनु हुन्छ।) अमेरिकाको भर्जिनियास्थित मनासस पार्कको घरबाट तीन सातादेखि (१६ साउन) बेपत्ता भएकी काभ्रे पनौतीकी ममता काफ्लेको...

“साईलीले लगाई सारी रातो” तीजको गीत सार्वजनिक

भर्जिनिया, अमेरिकाआज “साईलीले लगाई सारी रातो” नामक नयाँ तीजको गीत सार्वजनिक भएको छ। यस गीतको शव्द र कम्पोजिशन सुनिल मणि दाहालको रहेको छ भने...