spot_img
Monday, May 20, 2024
73.3 F
Washington DC.
spot_img

रुसी वागनर लडाकुद्वारा बखमुतलाई कब्जा गरेको दाबी

सम्बन्धित लेखहरु

Share

वागनरका प्रमुख येभगेनी प्रिगोजिनले सोमबार शहरको प्रशासनिक भवन रुसी नियन्त्रणमा रहेको दाबी गर्दै बखमुतलाई “कानूनी अर्थमा” कब्जामा लिएको बताएका छन् ।

“कानुनी अर्थमा, बखमुतलाइ लिइएको छ,” वागनरका प्रमुख येभगेनी प्रिगोजिनले सोमबार अनलाइन सेवा टेलिग्राममा भनेका छन् ।

युक्रेनी सेनाले यसअघि बखमुतलाई “होल्ड” गरिरहने बताएको थियो। यद्यपि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले “कठिन” अवस्थालाई स्वीकार गरेका थिए।

वागनरका प्रमुख प्रिगोजिनका अनुसार युक्रेनी सेनाले “पश्चिमी क्षेत्रहरूमा ध्यान केन्द्रित गरिरहेको थियो”। उनका अनुसार सहरको प्रशासनिक भवन रुसी नियन्त्रणमा थियो ।

टेलिग्राम पोस्टको साथमा रहेको भिडियोमा, वागनरका प्रमुखले आइतवार सेन्ट पिटर्सबर्ग क्याफेमा बम आक्रमणमा मारिएका रूसी सैन्य ब्लगर भ्लाडलेन टाटारस्कीको सम्मानमा शिलालेखसहित रूसी झण्डा बोकेको देख्न सकिन्छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अन्य पोस्टहरु:

थप सामाग्री

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि देशहरूले प्रतिबन्ध लगाएका छन्। हङकङ...

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई ‘असंवैधानिक’ भनेको छ। सिनेटको निर्णय...

दीपेन्द्र सिंह ऐरीको ६ बलमा ६ छक्का, भारतीय क्रिकेटर युवराज सिंहको नाममा रहेको कीर्तिमानी बराबरी

दीपेन्द्र सिंह ऐरीले एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे। उनले कतारका कमरान खानको एकै ओभरमा...

इरानद्वारा इजरायलमाथि विशाल आक्रमण, अधिकांशलाई विफल पारिएको इजरायली सेनाको दावी

इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका...

बाइडेन प्रशासनद्वारा २ लाख ७७ हजार ॠणीहरूका लागि व्यापक $ ७.४ बिलियन बरावरको विद्यार्थी ऋण रद्द गर्ने घोषणा

अमेरिकाका राष्ट्रपति जो बाइडेनले २ लाख ७७ हजार ॠणीहरूका लागि व्यापक $ ७.४ बिलियन बरावरको विद्यार्थी ऋण रद्द गर्ने घोषणा गरेका छन्। यस निर्णायक...

सिड्नी सपिङ मलमा छुरा प्रहार, पाँच जनाको मृत्यु

सिड्नीको वेस्टफिल्ड सपिङ मलमा शनिबार दिउँसो भएको छुरा प्रहारबाट पाँच जनाको मृत्यु हुनुका साथै नौ महिनाका बालकसहित आठ जना घाइते भएका छन् । न्यू साउथ...