Saturday, March 7, 2026
44.7 F
Washington DC.
गृह पृष्ठ ग्लोबलडोनाल्ड ट्रम्पद्वारा अदालतमा आत्मसमर्पण, औपचारिक रूपमा आपराधिक आरोप लगाइदै - दिउसो २:१५ मा कार्यक्रम...

डोनाल्ड ट्रम्पद्वारा अदालतमा आत्मसमर्पण, औपचारिक रूपमा आपराधिक आरोप लगाइदै – दिउसो २:१५ मा कार्यक्रम तय

- Advertisement -

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानहट्टनस्थित अदालतमा अधिकारीसामु आत्मसमर्पण गरेका छन् । उनलाई औंलाको छाप लगाइने र त्यसपछि दिउँसो २:१५ बजे न्यायाधीश जुआन मर्चनसमक्ष अदालतमा उपस्थित गराइने भएको छ।

ट्रम्प मंगलबार औपचारिक रूपमा आपराधिक आरोपको सामना गर्न  म्यानहट्टन अदालतमा उपस्थित भएका हुन् । ट्रम्पले आज अदालतमा आफुलाई लगाइएका आरोपहरू सुन्ने र सो उपर अपिल गर्न पाउनेछन्। यसका लागि अदालतले दिउसो २ : १५  बजेको समय तोकेको छ  ।

उनी आउदो २०२४ मा  हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकनको मनोनयनमा अग्रपंक्तिमा समेत  रहेका छन्। ,

- Advertisement -

७६ वर्षीय ट्रम्प आपराधिक आरोपको सामना गर्ने पहिलो वर्तमान वा पूर्व राष्ट्रपति भएका छन । उनलाई गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले पोर्न स्टार स्टोर्मी डेनियललाई २०१६ मा हश-मनी भुक्तानी गरेको भन्ने आरोपको मुद्दामा अभियोग लगाएको छ । 

अभियोगहरूमा कागजात जालसाजीसँग सम्बन्धित लगभग ३०  काउन्टहरू रहेको बताइन्छ यद्यपि, उनलाई के कति आरोपहरु लगाइएको छ भन्ने  खुलासा हुन बाँकी नै छ। ट्रम्पले आफू निर्दोष रहेको र दोषी नभएको दाबी गरेका छन् ।

ट्रम्प सोमबार आफ्नो फ्लोरिडाको घरबाट न्यूयोर्क उडेका थिए।  

“आज (मंगलबार) त्यो दिन हो जब सत्तारूढ राजनीतिक दलले कुनै अपराध नगरेको कारण आफ्नो प्रमुख प्रतिस्पर्धीलाई पक्राउ गर्दैछ,” मंगलबार बिहान पठाइएको कोष सङ्कलन इमेलमा उनले भनेका छन् ।सबैभन्दा धेरै जनसंख्या भएको अमेरिकी सहर- न्यूयोर्कमा ट्रम्पका समर्थकहरू र आलोचकहरूलाई प्रहरीले सुरक्षाका लागि  ठाउ ठाउमा ब्यारिकेडहरूद्वारा छेकेको छ , यद्यपि त्यहाँ केही झडप भएको रोयटर्सले जनाएको  छ ।

- Advertisement -

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः...

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ।...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...

थप समाचार

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...