Monday, April 7, 2025
53.2 F
Washington DC.

जसको कम सिट उसैको सरकार ? सामाजिक संजालमा प्रचण्डलाई बनाइयो हासोको पात्र

सम्बन्धित लेखहरु

रवि लामिछाने पक्राउ: उच्च अदालतको आदेशपछि प्रहरीद्वारा गिरफ्तारी

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा...

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर...

राजावादी आन्दोलन र दुर्गा प्रसाईंको डन शैली

गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शन हिंसात्मक...

पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना, सरकार आक्रमक

काठमान्डौ महानगरपालिकाले तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेको...

Share

नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिधिवतरुपमा नेपालको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् । यसअघि आइतबार राष्ट्रपतिले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेको घोषणा गरेकी थिइन् ।

यसैबीच सामाजिक सञ्जालमा प्रचण्डलाई छिमेकी राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारसँग तुलना गरिएको छ । मात्र ४३ सीट प्राप्त गरेर नितिश कुमार २४३ सदस्यीय विधानसभाको साथ राज्यको मुख्यमन्त्री बनेका हुन । बिहारमा सबैभन्दा ठूलो पार्टी आरजेडी नै नितिश कुमारको सहयोगी बनेको छ। दोस्रो ठूलो पार्टी भाजपा विपक्षमा छ। योसँगै बिहारमा तेस्रो ठूलो पार्टीका नेता नितिश कुमारले सरकार चलाइरहेका छन् । नेपालमा पनि ठ्याक्कै यस्तै अवस्था देखिएको छ । प्रचण्ड मात्र ३२ सिटमा नेपालको प्रधानमन्त्री बनेका छन् ।

नेपालमा भर्खरै सम्पन्न आम निर्वाचनपछि कुनै पनि राजनीतिक दलले बहुमत पाउन सकेनन् । यस दौडमा प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाको ठुलो दल नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाको नाम अग्रस्थानमा रहे पनि आफुलाई प्रधानमन्त्री नदिएको झोकमा आइतबार प्रचण्डले सत्तारुढ नेपाली काग्रेसलाई साथ दिन अस्वीकार गर्दै नाटकिय ढङ्गमा गठबन्धन छाडेका थिए । गठबन्धन छोडेको केही समयपछि ६ दलको गठबन्धनले ‘प्रचण्ड’लाई नयाँ सरकारको प्रधानमन्त्री रोजेको थियो । प्रचण्डलाई १ सय ६९ सांसदको समर्थन छ । यसमा ३ जना स्वतन्त्र सांसद पनि छन्।

प्रचण्डको पार्टी माओवादी केन्द्रले यसपालीको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग मिलेर चुनाव लडेको थियो । निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा बढी ८९ सिट ल्याएको थियो । यसपछि नेकपा एमालेले ७८ सिट प्राप्त गर्यो । जबकि प्रचण्डको पार्टी माओवादी केन्द्रले ३२ सिट मात्रै ल्याएर खुम्चिएको थियो। प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट आवश्यक हुन्छा । केपी ओली र प्रचण्डको पार्टीको सिट जोड्दा पनि यो संख्या ११० मात्र पुग्छ । यस्तो अवस्थामा प्रचण्ड र ओली दुवैले सत्ता जोगाउन साना दलहरूमा निर्भर रहनु परेको छ ।

प्रतिनिधिसभामा ३२ मात्र सदस्य रहेको माओबादिबाट प्रचण्ड प्रधानमन्त्री बनेपछि नेपाली जनताले भाजपाका दिवंगत नेता प्रमोद महाजनको एउटा भाषण सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

सन् १९९७ मा लोकसभामा भाषण गर्दै प्रमोद महाजनले देवेगौडालाई प्रधानमन्त्री बनाउँदा खिल्ली उडाउने एउटा घटना सुनाए ।

देवेगौडा जुन १, १९९६ मा आफ्नो पार्टी जनता दलका ४६ सांसदका साथ भारतको प्रधानमन्त्री बनेका थिए। देवेगौडालाई १३ वटा दलको समर्थन थियो र त्यसको नाम संयुक्त मोर्चा राखिएको थियो ।

देवेगौडाले जम्मा ३२४ दिन अर्थात् जुन १, १९९६ देखि २१ अप्रिल, १९९७ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अटल बिहारी वाजपेयीको १३ दिनको सरकार संख्याको अभावका कारण मे २७, १९९६ मा ढले पश्चात देवेगौडा संयुक्त मोर्चाको सहयोगमा प्रधानमन्त्री बनेका थिए ।

प्रमोद महाजनले लोकसभामा देवेगौडा प्रधानमन्त्री बनेको पृष्ठभूमिमा आफ्नो चीन भ्रमणताका व्यक्त गरेको भनाई राखेका थिए ।

प्रमोद महाजनले आफ्नो मन्तव्यमा भनेका थिए, ‘म संसदीय प्रतिनिधिमण्डलको रूपमा चीन गएको थिएँ । एक चिनियाँ सांसदले भारतको लोकतन्त्रको बारेमा प्रश्न गरे। मैले भारतको लोकतन्त्रको व्याख्या गर्न देवेगौडाको सन्दर्भ उल्लेख गरें।

“मैले चिनियाँ सांसदलाई भनें कि म लोकसभाको सांसद हुँ र मेरो पार्टी अझै पनि शक्तिको हिसाबले सबैभन्दा ठूलो छ। यति हुँदाहुँदै पनि हामी प्रतिपक्षमा छौँ । मेरा साथी पाणिग्रहीहरू दोस्रो ठूलो पार्टीका हुन् र उनीहरूले सरकारलाई बाहिरबाट समर्थन गरिरहेका छन् । एमए देवी तेस्रो ठूलो दलकी हुन् र संयुक्त मोर्चामा छन् तर सरकारभन्दा बाहिर छन् । उहाँ रमाकान्त खलप (गोवाका सांसद) हुनुहुन्छ र उहाँको पार्टीबाट एक मात्र सांसद हुनुहुन्छ तर उहाँ सरकारमा हुनुहुन्छ। भारतमा लोकतन्त्र यसरी चलिरहेको छ।

प्रमोद महाजनको यो मन्तब्य सुनेर लोकसभाका सबै सदस्यहरु धेरै बेर हाँसे । देवेगौडा प्रधानमन्त्री हुँदा उनी संसदको कुनै पनि सदनको सदस्य थिएनन् । त्यसअघि देवेगौडा कर्नाटकका मुख्यमन्त्री थिए ।

जसरी प्रचण्ड ३२ सांसदसहित प्रधानमन्त्री बने, त्यसैगरी नेपालको छिमेकी राज्य बिहारको २४३ सदस्यीय विधानसभामा नितिशकुमारसँग ४३ जना मात्रै विधायक छन् र उनी मुख्यमन्त्री बनेका छन् । आरजेडीका ८० विधायक छन् र तेजस्वी यादव उपमुख्यमन्त्री छन्। नेपाली लोकतन्त्रलाई भारतीय लोकतन्त्रको रोग छिट्टै लाग्न थाल्यो भन्ने धेरैले बताएका छन् ।

महेश्वर गिरी नेपालका हुन् र उनी साउथ एशियन युनिभर्सिटी, नयाँ दिल्लीमा पीएचडी गरिरहेका छन् । प्रमोद महाजनको यो भिडियो शेयर गर्दै उनले लेखेका छन्, ‘प्रमोद महाजनले आफ्नो भाषणमा बहुदलीय लोकतान्त्रिक व्यवस्थाको सत्यता भनेका थिए । नेपालमा पनि देख्न सकिन्छ ।

भिडियो साभार : महेश्वर गिरी /टुइटर

यो सहित प्रचण्ड तेस्रो पटक नेपालको प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २००८ देखि २००९ सम्म र दोस्रो पटक २०१६ देखि २०१७ सम्म प्रधानमन्त्री बनेका थिए। अत्यन्तै नाटकीय ढंगमा नेपाली काग्रेस लगायतका दलहरुसंगको गठबन्धनको सहकार्य तोडेका प्रचण्डले दोश्रो ठुलो दल नेकपा एमाले लगायत अन्य साना दलहरुसग मिलेर सत्ता साझेदारी गरेका छन्। सहमतिअनुसार पुष्पकमल दाहाल साढे दुई वर्ष र केपी शर्मा ओली साढे दुई वर्ष प्रधानमन्त्री हुनेछन् ।

अन्य पोस्टहरु:

थप सामाग्री

रवि लामिछाने पक्राउ: उच्च अदालतको आदेशपछि प्रहरीद्वारा गिरफ्तारी

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले राष्ट्रिय स्वतन्त्र...

टिकटकको लागि राहत: ट्र्म्पले थपे ७५ दिनको म्याद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले Truth Social मा साझा गरेको एक पोष्टमा लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको भविष्य सुनिश्चित गर्न भइरहेका वार्तामा महत्वपूर्ण प्रगति भएको...

ट्रम्पको “लिबरेशन डे” ट्यारिफले विश्व व्यापारमा असर, युरोपेली संघ प्रतिकारको तयारीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार सबै आयातमा १०% ट्यारिफ लगाउने घोषणा गरेका छन्। ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित सम्बोधनमा उनले यो नीतिलाई अमेरिकी उद्योगहरू...

विचार: क्रफोर्डको विस्कन्सिन जितले दिएको सन्देशः न्याय किन्ने साधन पैसा होइन

मंगलवार न्यायाधीश सुसान क्रफोर्डले विस्कन्सिन सर्वोच्च अदालतको चुनावमा ऐतिहासिक जित हासिल गर्दै पूर्व महान्यायाधिवक्ता ब्राड शिमेललाई पराजित गरिन्। यससँगै सर्वोच्च अदालतमा ४-३ को उदारवादी...

सविन महर्जनको पोस्टमार्टम रिपोर्टको निष्कर्षः गोली दायाँ हातबाट पछाडि निस्किएको पुष्टि

काठमान्डौको तीनकुनेमा चैत १५ गते प्रहरीको गोली लागी मृत्यु भएका सविन महर्जनको शव परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा सम्पन्न भएको छ। पोस्टमार्टम रिपोर्टका निष्कर्ष प्रहरीका...

आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४६ पैसा...