Friday, March 6, 2026
53.4 F
Washington DC.
गृह पृष्ठ ग्लोबलटर्की–सिरिया भूकम्प: भग्नावशेषबाट आश्चर्यजनकरुपले ३ महिलाको उद्वार

टर्की–सिरिया भूकम्प: भग्नावशेषबाट आश्चर्यजनकरुपले ३ महिलाको उद्वार

- Advertisement -

टर्की–सिरियामा गएको शताब्दीकै सबैभन्दा विनाशकारी भूकम्पमा हालसम्म ३३ हजारभन्दा बढीको ज्यान गएको छ भने भूकम्प गएको १२२ घण्टापछि तीन महिलाहरु लाई जिवितै उद्वार गरिएको छ । तीमध्ये पहिलो महिला ७० वर्षीया मेनेक्से ताबाक हुन्। दोस्रो ५५ वर्षीय मसल्लाह सिसेक र तेस्रो ४० वर्षीय जेनेप कहरामन हुन्। जेनेप १०४ घण्टापछि भग्नावशेषबाट जिउँदै निकालिने पहिलो महिला थीइन ।

७० वर्षीय मेनेक्सेलाई एम्बुलेन्सद्वारा कम्बलमा बेरिएको कहरामनमारस प्रान्तको अस्पतालमा लगिएको थियो, जबकि मसल्लाहलाई दक्षिणपूर्वी टर्कीको सबैभन्दा ठूलो सहर दियारबाकरको भवनको भग्नावशेषबाट निकालिएको थियो। अर्कोतर्फ किरिखान सहरकी जेनेप कहरामनलाई भग्नावशेषबाट सकुशल निकाल्नेबित्तिकै स्ट्रेचरमा लगिएको थियो । उसको आँखालाई उज्यालोबाट जोगाउन कालो चश्मा लगाइएको थियो । त्यसपछि उनको कान्छी बहिनी जुबायदेले उद्धार कार्यकर्ता स्टीवन बेयरलाई अँगालो हालेकी थिइन् । अब म चमत्कारमा विश्वास गर्छु, बेयरले प्रतिक्रिया दिएका थिए ।

भग्नावशेषमा १० दिनको नवजात शिशु जिउँदै फेला
टर्की-सिरियाको विनाशका धेरै भिडियो र तस्बिरहरूले मान्छेलाई अचाम्वित बनाउछ। उज्यालो थर्मल कम्बलमा बेरिएको यागिज उल्स नामका १० दिनको नवजात शिशुलाई भग्नावशेषबाट जिउदै उद्धार गरिएको छ । दक्षिणी प्रान्त हातेमा भूकम्प गएको ९० घण्टापछि १० दिने शिशु र उनकी आमालाई जिउँदै निकालिएको थियो । जिउँदै बाहिर आउने क्रम अहिले घटेको स्थानिय संचार माध्यमले जनाएका छन्।

- Advertisement -


(स्थानिय समाचार माध्यमको सहयोगमा )

- Advertisement -

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः...

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ।...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...

थप समाचार

थुन्न हतार, छोड्न भने ‘हेर्दा हेर्दैमा’ – सुशासनको नाङ्गो रूप

"थुनामा राख्दा एकैदिन आदेश, पक्राउ, कारागार पुग्ने; तर रिहाइको लागि कानुनी प्रक्रिया भने महिनौंसम्म हेर्दा हेर्दैमा – यो सुशासन होइन, नाङ्गो राजनीतिक खेल हो।"

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...