spot_img
Friday, September 27, 2024
72.8 F
Washington DC.
spot_img
गृह पृष्ठ ग्लोबलटर्की–सिरिया भूकम्प: भग्नावशेषबाट आश्चर्यजनकरुपले ३ महिलाको उद्वार

टर्की–सिरिया भूकम्प: भग्नावशेषबाट आश्चर्यजनकरुपले ३ महिलाको उद्वार

- Advertisement -

टर्की–सिरियामा गएको शताब्दीकै सबैभन्दा विनाशकारी भूकम्पमा हालसम्म ३३ हजारभन्दा बढीको ज्यान गएको छ भने भूकम्प गएको १२२ घण्टापछि तीन महिलाहरु लाई जिवितै उद्वार गरिएको छ । तीमध्ये पहिलो महिला ७० वर्षीया मेनेक्से ताबाक हुन्। दोस्रो ५५ वर्षीय मसल्लाह सिसेक र तेस्रो ४० वर्षीय जेनेप कहरामन हुन्। जेनेप १०४ घण्टापछि भग्नावशेषबाट जिउँदै निकालिने पहिलो महिला थीइन ।

७० वर्षीय मेनेक्सेलाई एम्बुलेन्सद्वारा कम्बलमा बेरिएको कहरामनमारस प्रान्तको अस्पतालमा लगिएको थियो, जबकि मसल्लाहलाई दक्षिणपूर्वी टर्कीको सबैभन्दा ठूलो सहर दियारबाकरको भवनको भग्नावशेषबाट निकालिएको थियो। अर्कोतर्फ किरिखान सहरकी जेनेप कहरामनलाई भग्नावशेषबाट सकुशल निकाल्नेबित्तिकै स्ट्रेचरमा लगिएको थियो । उसको आँखालाई उज्यालोबाट जोगाउन कालो चश्मा लगाइएको थियो । त्यसपछि उनको कान्छी बहिनी जुबायदेले उद्धार कार्यकर्ता स्टीवन बेयरलाई अँगालो हालेकी थिइन् । अब म चमत्कारमा विश्वास गर्छु, बेयरले प्रतिक्रिया दिएका थिए ।

भग्नावशेषमा १० दिनको नवजात शिशु जिउँदै फेला
टर्की-सिरियाको विनाशका धेरै भिडियो र तस्बिरहरूले मान्छेलाई अचाम्वित बनाउछ। उज्यालो थर्मल कम्बलमा बेरिएको यागिज उल्स नामका १० दिनको नवजात शिशुलाई भग्नावशेषबाट जिउदै उद्धार गरिएको छ । दक्षिणी प्रान्त हातेमा भूकम्प गएको ९० घण्टापछि १० दिने शिशु र उनकी आमालाई जिउँदै निकालिएको थियो । जिउँदै बाहिर आउने क्रम अहिले घटेको स्थानिय संचार माध्यमले जनाएका छन्।

- Advertisement -


(स्थानिय समाचार माध्यमको सहयोगमा )

- Advertisement -

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न...

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो...

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार...

ममता प्रकरणमा खोलीएका दुई गोफन्डमी र समुदायमा थपेको तनाव 

भर्जिनिया, अमेरिका ३१ जुलाई २०२४ देखि मनासस, भर्जिनियाबाट ममता काफ्ले भट्ट बेपत्ता भएकी छन्, र...

बेवारिसे बन्यो ६८ लाखको ‘भ्यूटावर’, सामानहरु चोरी हुन थाले

बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे...

ममता प्रकरणः अदालतद्वारा अक्टोबर २४ मा तोकिएको प्रारम्भिक सुनुवाइ खारेज, मुद्वा अव सर्किट कोटमा जाने

मनासस पार्क, भर्जिनिया— बिगत एक महिना बढी देखि मनासस पार्कको निवासबाट बेपत्ता भएकी ममता...

थप समाचार

ममता प्रकरणमा खोलीएका दुई गोफन्डमी र समुदायमा थपेको तनाव 

भर्जिनिया, अमेरिका ३१ जुलाई २०२४ देखि मनासस, भर्जिनियाबाट ममता काफ्ले भट्ट बेपत्ता भएकी छन्, र...

ममता काफ्ले प्रकरणः पिआर र ग्रिन कार्डलाई दोष दिनु पितृसत्तात्मक सोचको उपज

लेखकः विशाल दत्त भट्ट (पेशाले भट्ट नेपालमा अधिवक्ता हुनु हुन्छ।) अमेरिकाको भर्जिनियास्थित मनासस पार्कको घरबाट...