spot_img
Sunday, September 22, 2024
65.9 F
Washington DC.
spot_img
गृह पृष्ठ खेलकूदनेपालले मलेसियालाई १० विकेटले हरायो - युएईलाई हराए नेपालले विश्वकप खेल्ने

नेपालले मलेसियालाई १० विकेटले हरायो – युएईलाई हराए नेपालले विश्वकप खेल्ने

- Advertisement -

नेपालले युएईमा जारी आइसिसी यू-१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा लगातार चौथो पटक जितेको छ । नेपालले मंगलबार मलेसियालाई १० विकेटले हराउँदै लगातार चौथो जित हात पारेको हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रन र तेस्रो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । 

मलेसियाले दिएको ७३ रनको विजयी लक्ष्य नेपालले ९ ओभरका पूरा गरेको थियो । जितसँगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना बढाएको छ । नेपाल अब विश्वकप छनोटबाट एक खेलमात्र टाढा छ ।

नेपालका लागि ओपनर दीपक बोहोराले अविजित ३८ र अर्जुन कुमालले अविजित २१ रन बनाएका थिए ।

- Advertisement -

यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेटको क्षतिमा ७२ रन बनाएको थियो । मलेसियाका लागि मोहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाएका थिए । मोहम्मद सायाहिर र मोहम्मद हरिसानले १२/१२ रन बनाए भने अन्य खेलाडीले भने दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङमा नेपालका दीपेश कँडेलले चार विकेट, आकाश चन्दले तीन, मिलन बोहोराले दुई तथा सुवास भण्डारीले एक विकेट झारेका थिए ।नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकपमा छनोटको मुखमा रहेको हो । नेपालले अब अन्तिम खेल बुधबार आयोजक युएईसँग खेल्नेछ ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुर सहभागी छन् । छनोट प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।

उता युएईले कुवेतलाई ८ विकेटले हराउँदै लगातार चौथो जितका साथ शीर्षस्थान कायम राखेको छ । नेट रन रेटका कारण युएई शीर्ष स्थानमा छ । युएई ४ खेलमा ८ अंकका साथ ४.२६८ नेट रन रेट सहित शीर्ष स्थानमा छ।

नेपाल ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ३.८२९ छ । नेपाल र युएईबीचको खेल बिहीबार आजमानका रहेको इडेन गार्डेनमा हुनेछ । उक्त खेलको विजेता टोली प्रतियोगिता च्याम्पियन बन्नेछ । प्रतियोगिता च्याम्पियन टोलीले २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । 

- Advertisement -

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो...

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार...

ममता प्रकरणमा खोलीएका दुई गोफन्डमी र समुदायमा थपेको तनाव 

भर्जिनिया, अमेरिका ३१ जुलाई २०२४ देखि मनासस, भर्जिनियाबाट ममता काफ्ले भट्ट बेपत्ता भएकी छन्, र...

बेवारिसे बन्यो ६८ लाखको ‘भ्यूटावर’, सामानहरु चोरी हुन थाले

बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे...

ममता प्रकरणः अदालतद्वारा अक्टोबर २४ मा तोकिएको प्रारम्भिक सुनुवाइ खारेज, मुद्वा अव सर्किट कोटमा जाने

मनासस पार्क, भर्जिनिया— बिगत एक महिना बढी देखि मनासस पार्कको निवासबाट बेपत्ता भएकी ममता...

ममता काफ्ले प्रकरणः पिआर र ग्रिन कार्डलाई दोष दिनु पितृसत्तात्मक सोचको उपज

लेखकः विशाल दत्त भट्ट (पेशाले भट्ट नेपालमा अधिवक्ता हुनु हुन्छ।) अमेरिकाको भर्जिनियास्थित मनासस पार्कको घरबाट...

थप समाचार

ममता प्रकरणमा खोलीएका दुई गोफन्डमी र समुदायमा थपेको तनाव 

भर्जिनिया, अमेरिका ३१ जुलाई २०२४ देखि मनासस, भर्जिनियाबाट ममता काफ्ले भट्ट बेपत्ता भएकी छन्, र...

ममता काफ्ले प्रकरणः पिआर र ग्रिन कार्डलाई दोष दिनु पितृसत्तात्मक सोचको उपज

लेखकः विशाल दत्त भट्ट (पेशाले भट्ट नेपालमा अधिवक्ता हुनु हुन्छ।) अमेरिकाको भर्जिनियास्थित मनासस पार्कको घरबाट...

“साईलीले लगाई सारी रातो” तीजको गीत सार्वजनिक

भर्जिनिया, अमेरिकाआज “साईलीले लगाई सारी रातो” नामक नयाँ तीजको गीत सार्वजनिक भएको छ। यस...