Saturday, April 19, 2025
71.2 F
Washington DC.
गृह पृष्ठ ग्लोबलडोनाल्ड ट्रम्पद्वारा अदालतमा आत्मसमर्पण, औपचारिक रूपमा आपराधिक आरोप लगाइदै - दिउसो २:१५ मा कार्यक्रम...

डोनाल्ड ट्रम्पद्वारा अदालतमा आत्मसमर्पण, औपचारिक रूपमा आपराधिक आरोप लगाइदै – दिउसो २:१५ मा कार्यक्रम तय

- Advertisement -

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानहट्टनस्थित अदालतमा अधिकारीसामु आत्मसमर्पण गरेका छन् । उनलाई औंलाको छाप लगाइने र त्यसपछि दिउँसो २:१५ बजे न्यायाधीश जुआन मर्चनसमक्ष अदालतमा उपस्थित गराइने भएको छ।

ट्रम्प मंगलबार औपचारिक रूपमा आपराधिक आरोपको सामना गर्न  म्यानहट्टन अदालतमा उपस्थित भएका हुन् । ट्रम्पले आज अदालतमा आफुलाई लगाइएका आरोपहरू सुन्ने र सो उपर अपिल गर्न पाउनेछन्। यसका लागि अदालतले दिउसो २ : १५  बजेको समय तोकेको छ  ।

उनी आउदो २०२४ मा  हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकनको मनोनयनमा अग्रपंक्तिमा समेत  रहेका छन्। ,

- Advertisement -

७६ वर्षीय ट्रम्प आपराधिक आरोपको सामना गर्ने पहिलो वर्तमान वा पूर्व राष्ट्रपति भएका छन । उनलाई गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले पोर्न स्टार स्टोर्मी डेनियललाई २०१६ मा हश-मनी भुक्तानी गरेको भन्ने आरोपको मुद्दामा अभियोग लगाएको छ । 

अभियोगहरूमा कागजात जालसाजीसँग सम्बन्धित लगभग ३०  काउन्टहरू रहेको बताइन्छ यद्यपि, उनलाई के कति आरोपहरु लगाइएको छ भन्ने  खुलासा हुन बाँकी नै छ। ट्रम्पले आफू निर्दोष रहेको र दोषी नभएको दाबी गरेका छन् ।

ट्रम्प सोमबार आफ्नो फ्लोरिडाको घरबाट न्यूयोर्क उडेका थिए।  

“आज (मंगलबार) त्यो दिन हो जब सत्तारूढ राजनीतिक दलले कुनै अपराध नगरेको कारण आफ्नो प्रमुख प्रतिस्पर्धीलाई पक्राउ गर्दैछ,” मंगलबार बिहान पठाइएको कोष सङ्कलन इमेलमा उनले भनेका छन् ।सबैभन्दा धेरै जनसंख्या भएको अमेरिकी सहर- न्यूयोर्कमा ट्रम्पका समर्थकहरू र आलोचकहरूलाई प्रहरीले सुरक्षाका लागि  ठाउ ठाउमा ब्यारिकेडहरूद्वारा छेकेको छ , यद्यपि त्यहाँ केही झडप भएको रोयटर्सले जनाएको  छ ।

- Advertisement -

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प...

नयाँ वर्ष २०८२ को पहिलो दिन: नेपालीहरूले उल्लासपूर्वक मनाउँदै

आज विक्रम संवत् २०८२ सालको वैशाख १ गते, नेपालभरिका नागरिकहरूले आपसमा शुभकामना साटासाट गरी...

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने...

दुर्गा प्रसाईलाई काठमाडौं ल्याइयो, १२ दिनको म्याद थप गर्न तयारी

काठमाडौं — तिनकुनेमा चैत १५ गते (मार्च २८) भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य अभियुक्त...

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको १ लाख ८५ हजार रुपैयाँ पुग्यो

काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ। पछिल्ला केही दिनयता लगातार...

‘दुर्गा प्रसाई पक्राउ’ विषयमा गलत समाचारप्रति नेपाल प्रहरीको खण्डन

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यम तथा...

थप समाचार

‘दुर्गा प्रसाई पक्राउ’ विषयमा गलत समाचारप्रति नेपाल प्रहरीको खण्डन

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यम तथा...