Tuesday, May 20, 2025
64.9 F
Washington DC.
गृह पृष्ठ अपराधयात्रुहरूको सामान चोर्ने यातायात सुरक्षा प्रशासन (टिएसए) का एजेन्टहरू पक्राउ

यात्रुहरूको सामान चोर्ने यातायात सुरक्षा प्रशासन (टिएसए) का एजेन्टहरू पक्राउ

- Advertisement -

फ्लोरिडा राज्य अधिवक्ताको कार्यालयले मियामी अन्तर्राष्ट्रिय एयरपोर्टमा यात्रुहरूको झोलाबाट सामान चोरी गर्ने यातायात सुरक्षा प्रशासन (टिएसए) का दुई स्क्रीनर एजेन्टहरूको संलग्नताको सिसि क्यामेरा भिडियो सार्वजनिक गरेको छ। यस भिडियोमा टिएसएका एजेन्टहरूले यात्रुहरूको झोला स्क्रिनिङ्ग गर्ने क्रममा गैरकानूनी रूपमा झोलाबाट सामानहरु चोरी गरेको देखिन्छ ।

प्रहरी रिपोर्टका अनुसार, घटना जुन २९ मा भएको थियो। त्यसदिन दुई टिएसए एजेन्टहरू, ३३ वर्षीय ल्याबरियस विलियम्स र २० वर्षीय जोसु गोन्जालेजलाई क्रिनिङ्गका दौरान झोलाबाट सामानहरू र ६०० डलर चोरी गर्दै गर्दाको भिडियो क्यामेरामा कैद भएको थियो। मियामी इन्टरनेशनल एयरपोर्टको चेकपोइन्टईमा यात्रुको सुरक्षा जाँच भइरहेको बेला चोरी भएको हो।

चोरीको खबर पाएका अधिकारीहरू तुरुन्त सक्रिय भएका र छानविन शुरु गरेपछि विलियम्स र गोन्जालेजलाई जुलाईमा ठूलो चोरीको आरोपमा पक्राउ गरेका थिए । चोरीमा संग्लंग भएको आशंकामा तेस्रो टिएसए एजेन्टलाई सुरुमा आरोप लगाइएको थियो तर पछि छानविन पश्चात आरोप हटाइएको प्रहरीले जनाएको छ । यो घटनाले सुरक्षा चेकपोइन्टमा चोरीको श्रृंखलाको पर्दाफास भएको छ। यसबाट एयरपोर्टका अधिकारीहरूलाई थप घटनाहरु पत्ता लगाउन प्रहरी जासूसको सहयोग लिन बाध्य बनाएको छ ।

- Advertisement -

निगरानी भिडियो फुटेजमा, एक टिएसए एजेन्टले ट्रे मा राखिएको झोलाबाट सावधानीपूर्वक सामान चोरी गरेको देख्न सकिन्छ। अर्को भिडियोमा, उहि एजेन्टले जिप गरिएको झोलाबाट वालेट/पर्स जस्तो देखिने बस्तु लिइरहेको र पछि सुरक्षा स्क्रिनिङबाट जादा यसलाई पुन: प्राप्त गर्ने गरेको देखिन्छ। गिरफ्तारीको आरोपपत्रका अनुसार एक यात्रुको पर्सबाट ६०० डलर समेत कथित रूपमा चोरी भएको जनाइएको छ ।

अदालतको मियामी-डेड काउन्टी क्लर्कको रेकर्ड अनुसार विलियम्स र गोन्जालेज दुवैलाई तेस्रो डिग्रीमा ठूलो चोरीको आरोप लगाएको छ । गोन्जालेजले स्थगित अभियोजन कार्यक्रममा भाग लिन छनौट गरेका छन्, जबसम्म उसले केही सर्तहरू पूरा गर्नु पर्ने हुन्छ। अर्का आरोपी विलियम्सको अक्टोबर २३ मा मुद्दाको सुनुवाइमा उपस्थित गराइने भएको छ ।

टिएसएले यी आरोपहरूलाई अनुसन्धान र प्रशासनिक कार्यहरू पूरा नभएसम्म स्क्रिनिङ को जिम्मेवारीबाट हटाएको छ । टिएसएका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन् , “हामीले सक्रिय र आक्रामक रूपमा चोरीका यी आरोपहरूको अनुसन्धान गर्यौं र मियामी-डेड पुलिस विभागमा हाम्रा छानविनको प्रतिबेदन प्रस्तुत गर्यौं, र उनीहरूसँग नजिकबाट काम गरिरहेका छौं। हाम्रो आधारभूत नैतिक मापदण्डहरू पूरा गर्न असफल हुने कुनै पनि कर्मचारीलाई जवाफदेही बनाइन्छ।”

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

- Advertisement -

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः...

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको...

सर्वोच्च अदालतद्वारा रविन्द्र मिश्रलाई रिहा गर्न आदेश- शक्ति केन्द्रको आडमा निर्दोष व्यक्तिलाई कसरी सताइञ्छ भन्ने स्पष्ट उदाहरण

सर्वोच्च अदालतले राष्ट्रीय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई रिहा गर्न आदेश दिएको छ।...

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...

६३ वर्षपछि हराएकी अड्री बेकबर्ग जीवित फेला

सन् १९६२ मा वीस वर्षको उमेरमा अमेरिकाको विस्कन्सिन राज्यस्थित रिड्सबर्ग सहरबाट हराएकी अड्री बेकबर्ग...

सुन र चाँदीको मूल्यमा भारी गिरावट: आजको भाउ यस्तो छ

काठमाडौं, वैशाख १९ – नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट...

थप समाचार

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : १७ जनाविरुद्ध ६० करोड बिगोको मुद्दा

काठमाडौंस्थित ऐतिहासिक नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा ठगीको अभियोगमा...

६३ वर्षपछि हराएकी अड्री बेकबर्ग जीवित फेला

सन् १९६२ मा वीस वर्षको उमेरमा अमेरिकाको विस्कन्सिन राज्यस्थित रिड्सबर्ग सहरबाट हराएकी अड्री बेकबर्ग...