spot_img
Saturday, February 22, 2025
41.9 F
Washington DC.
spot_img

मेयर बालेनद्वारा प्रधानमन्त्री ओलीलाई राष्ट्रिय गरिमा जोगाउन आग्रह, ट्रम्पले ‘भ्रष्ट’ भनेको भन्दै कडा प्रतिवाद

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपाली नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत बालेनले अमेरिकाले नेपाललाई ‘भ्रष्ट’ भनेको, भारतले ‘भिखारी’ भनेको र चीनले नेपालीलाई गन्दैन भन्ने कुरा उल्लेख गर्दै नेपालको अन्तर्राष्ट्रिय छविप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीलाई सम्बोधन
प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, “प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, भारतले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन। मलाई मेयर भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्।” उनले आफू मेयर मात्र नभई नेपाली नागरिकको हैसियतमा सम्मान र गौरवसाथ बाँच्न पाउने वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन ।

उनको यो भनाइले नेपालप्रति अन्तर्राष्ट्रिय रुपमा बनेको नकारात्मक छविमा असन्तोष मात्र होइन, नेपालीको आत्मसम्मान र पहिचानको रक्षा गर्न नेतृत्वको भूमिकामाथि प्रश्न उठाएको छ।

ओलीमाथी दवाव
बालेनको यो पोस्ट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइपछि आएको हो। ट्रम्पले नेपाललाई ‘भ्रष्ट’ भनेको भन्दै बालेनले बिहीबार सामाजिक सञ्जालमा प्रतिवाद गरेका थिए।

ट्रम्पको भनाईमाथी प्रतिवाद
विहिवार ट्रम्पलाई सोझै सम्बोधन गर्दै उनले फेसबुकमा लेखेका थिए, “प्रिय डोनाल्ड जे. ट्रम्प, तपाईंको टिप्पणीले हाम्रो देश तपाईंको देशभन्दा राम्रो छ भन्ने कुरा सम्झायो। तपाईंले ‘भ्रष्ट’ भन्नुभए पनि हाम्रो मेहनती जनताले विश्वको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेका छन्, तपाईंको देशमा समेत। अरूको आलोचना गर्नु अघि आफ्नै देशका समस्याहरूमा नजर लगाउनुस्।”

बालेनले अमेरिकालाई ‘अल्छी’ भन्दै नेपालीहरूले कडा मिहिनेत गर्ने र विश्वभर योगदान गरिरहेको बताएका थिए। उनको प्रतिवादले नेपालीहरूको आत्मसम्मान र राष्ट्रिय स्वाभिमानको भावना जगाएको छ।

नेपाली नेताहरूलाई प्रेरणा, जनताको व्यापक समर्थन
बालेनका यी भनाइहरूले नेपाली नेताहरूलाई अन्तर्राष्ट्रिय सम्मान र राष्ट्रिय गरिमा जोगाउन प्रेरित गरेको देखिन्छ। उनले राष्ट्रिय पहिचानको रक्षा गर्न र नेपाली नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनाउन नेतृत्वसँग माग गरेका छन्। उनको यस भनाईले व्यापक समर्थन पाएको सामाजिक संजालमा देख्न पाइन्छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौंका मेयर बालेन शाहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना

काठमाडौंका मेयर बालेन्द्र ‘बालेन’ शाहले सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पप्रति कडा आलोचना गरेका छन्। उनले फेसबुकमा पोष्ट...

अन्य समाचार

- Advertisement -spot_img