spot_img
Sunday, February 23, 2025
51.1 F
Washington DC.
spot_img

जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५ टोरन्टोमा आयोजना हुने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

टोरन्टो, क्यानाडा – जातीय विभेद मुक्त विश्वको निर्माण गर्ने उद्देश्यले विश्व सम्मेलन २०२५ क्यानडाको टोरन्टोमा आयोजना हुने भएको छ। क्यानडामा दर्ता भएको गैर-सरकारी संस्था सहयात्रा-क्यानडाको आयोजनामा र दक्षिण एशिया तथा उत्तर अमेरिकाका विभिन्न संस्थाहरूको सहकार्यमा यो सम्मेलन २०२५ मे २५ देखि २७ सम्म हुनेछ।

सम्मेलनको मुख्य विषयवस्तु

सम्मेलनको मुख्य विषयवस्तु “समानता, सामाजिक न्याय, र जाति प्रथाको उन्मूलनतर्फ ऐक्यबद्धता निर्माण” रहेको छ। आयोजक समितिका अध्यक्ष डा. द्रोण रसाली ले भने, “विश्वभर करिब २६ करोड मानिस जाति, वंश, र वंशजका आधारमा अमानवीय व्यवहार र विभेदको शिकार भइरहेका छन्। जातिभेद दक्षिण एशियाबाट उत्पन्न भएको भए तापनि अहिले यो समस्या विश्वव्यापी बनिसकेको छ।”

सम्मेलनको उद्देश्य

यो सम्मेलनले जातीय भेदभाव अन्त्यका लागि उत्कृष्ट अभ्यास र समाधानबारे अन्तर्राष्ट्रिय संवाद अघि बढाउनेछ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारहरू, समुदायहरू, सरोकारवाला निकायहरू, र लक्षित समूहहरूको ध्यान जातीय विभेद अन्त्यका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा केन्द्रित गराउने उद्देश्य राखिएको छ।

साझा मञ्चमा व्यापक छलफलको अवसर

सम्मेलनले सरकारी निकाय, नीति निर्माता, नागरिक समाजका प्रतिनिधिहरू, व्यवसायी, शैक्षिक अनुसन्धानकर्ता, अध्येता, विद्यार्थी, तथा अभियन्ताहरूलाई एउटै साझा मञ्चमा ल्याई जातीय विभेद तथा अन्य उत्पीडनकारी अभ्यासहरूको उन्मूलनका लागि न्याय र समानताका आधारमा सामूहिक प्रयास कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने अवसर प्रदान गर्नेछ।

विशिष्ट वक्ताहरूको सहभागिता

सम्मेलन संयोजक सन्तोष विश्वकर्मा ले भने, “हालसम्म १५ जना प्रतिष्ठित विद्वान, प्राध्यापक तथा अनुसन्धानकर्ताहरू वक्ताका रूपमा सहभागी हुने पुष्टि भइसकेको छ। हामी आशावादी छौँ कि यो सम्मेलनले सहभागीहरूलाई जातीय विभेदबारे आफ्ना अनुभव, विचार, तथा पहलहरू प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्नेछ, जहाँ विशेष गरी नेपालमा जातीय भेदभावबारे विशेष छलफल हुनेछ।”

छलफलका मुख्य विषयवस्तुहरू

सम्मेलनमा निम्न विषयहरूमा व्यापक छलफल हुनेछ:

  • जातीय विभेदको प्रभाव र पीडितहरूको व्यक्तिगत अनुभव
  • केस स्टडीहरू र अन्तर्राष्ट्रिय कानुनहरूको समीक्षा तथा तिनको कार्यान्वयन
  • विभेद अन्त्य गर्न गरिएका विश्वव्यापी प्रयास र ज्ञान हस्तान्तरण
  • दलित सम्बन्धी अनुसन्धान तथा जातीय विभेद अन्त्यका लागि सर्वोत्तम अभ्यास र समाधानहरू
  • संस्थागत विकास, भावी रणनीति, तथा समानता र सामाजिक न्याय प्रवर्द्धन गर्ने उपायहरू

सहभागीहरूको अपेक्षा

विश्वभरबाट करिब ३०० जना सहभागी रहने अपेक्षा गरिएको छ। सम्मेलनमा दर्ता गर्नका लागि सहयात्रा संस्थाको वेबसाइट (https://www.sahayatraintl.com) मा जान सकिनेछ। आयोजकहरूले मानव अधिकारका क्षेत्रमा सक्रिय सम्पूर्ण अभियन्ता तथा संस्थाहरूलाई ऐक्यबद्धता जनाउन र सहभागी हुन आह्वान गरेका छन्।

सम्पर्क जानकारी

सम्मेलनले जातीय विभेद विरुद्धको संघर्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता सुदृढ गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेनद्वारा प्रधानमन्त्री ओलीलाई राष्ट्रिय गरिमा जोगाउन आग्रह, ट्रम्पले ‘भ्रष्ट’ भनेको भन्दै कडा प्रतिवाद

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपाली नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका...

अन्य समाचार

- Advertisement -spot_img