Thursday, April 23, 2026
83.6 F
Washington DC.

ताजा समाचार: ट्रम्पद्वारा रूसमा ठूला प्रतिबन्ध र ट्यारिफ लगाउने चेतावनी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध तीव्र रूपमा बढ्दै जाँदा रूसमाथि ठूला आर्थिक प्रतिबन्ध, बैंकिङ प्रतिबन्ध, र ट्यारिफ लगाउने विषयमा “गम्भीरतापूर्वक विचार” गरिरहेको जनाएका छन ।उनले रूसले युक्रेनमाथि “पूर्ण रूपमा आक्रमण” गरिरहेको आरोप लगाउँदै दुवै पक्षलाई तत्काल युद्धविराम र शान्ति सम्झौताका लागि वार्तामा बस्न आग्रह गरेका छन्।

ट्रम्पले आज बिहान ट्रुथ सोसलमा एक पोष्ट प्रकाशित गर्दै भनेका छन, “रूसले युद्धक्षेत्रमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको तथ्यलाई मध्यनजर राख्दै, म युद्धविराम र अन्तिम शान्ति सम्झौता नहुन्जेलसम्म रूसमाथि ठूला पैमानामा बैंकिङ प्रतिबन्ध, आर्थिक प्रतिबन्ध, र ट्यारिफ लगाउने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको छु। रूस र युक्रेन दुवै पक्ष अहिले नै वार्तामा बस्नुहोस्, ढिला नगर्नुहोस्। धन्यवाद!!!”

यस बयानले ट्रम्पको रूस-युक्रेन युद्धप्रति दृष्टिकोणमा परिवर्तन आएको संकेत गर्छ। यसअघि उनले निर्वाचित भएमा २४ घण्टाभित्र युद्ध अन्त्य गर्न सक्ने दाबी गरेका थिए, तर यस पटक उनले मास्कोप्रति आक्रामक रुख अपनाउने संकेत दिएका छन्। उनको यो बयानले रिपब्लिकन नीतिगत छलफल र अमेरिकी कूटनीतिमा प्रभाव पार्न सक्ने देखिन्छ।

बाइडेन प्रशासनले २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेदेखि नै बैंकिङ, ऊर्जा निर्यात, र सैन्य आपूर्तिकर्ताहरूमा प्रतिबन्ध लगाएको छ। ट्रम्पले थप प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेपछि उनको नीति अघिल्लो प्रशासनको नीतिभन्दा कसरी फरक हुने भन्ने प्रश्न उठेको छ।

यो खबर युक्रेनमा युद्धको निर्णायक चरणमा पुगेको बेला आएको हो, जहाँ रूसी आक्रमण बढ्दै गएको छ भने पश्चिमी देशहरूले युक्रेनलाई सैन्य सहयोग दिइरहेका छन्। विशेषज्ञहरूका अनुसार, ट्रम्पको बयानले दुवै पक्षलाई वार्तामा बस्न दबाब दिन सक्छ, तर उनको भनाइले युद्धमा ठोस प्रभाव पार्छ कि पार्दैन भन्ने अझ स्पष्ट छैन।

थप जानकारीका लागि हामीसँगै रहनुहोस्।

स्रोत: gnbnow.com

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img