Friday, March 6, 2026
51.9 F
Washington DC.

रवि लामिछाने पक्राउ: उच्च अदालतको आदेशपछि प्रहरीद्वारा गिरफ्तारी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ। यसअघि गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले रविलाई एक करोड रूपैयाँ धरौटी लिएर छोड्न आदेश दिएको थियो। तर, उच्च अदालतको पछिल्लो आदेशसँगै शुक्रबार रवि लामिछाने पक्राउ परेका छन्।

उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै शुक्रबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र महाराजगन्ज प्रहरीको टोलीले उनलाई उनकै निवासबाट पक्राउ गरेको हो।

पक्राउ गर्न आएका प्रहरी अधिकारीहरूले अदालतको आदेश र पक्राउ पूर्जी ल्याएका थिएनन र लामिछाने र उनका वकिलले पक्राउ पूर्जी चाहिने अडान लिएपछि प्रहरीले निवासस्थानमा नै पक्राउ पूर्जी लेखेको थियो।

पक्राउ पर्नुअघि रवि लामिछानेले आफ्नो फेसबुक पेजमा एक स्टेटस लेखेका थिए। उनले लेखेका छन, “सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुहोस्।”

पक्राउ परेपछि लामिछानेलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। उनले आफूमाथि अन्याय भएको भन्दै न्यायका लागि कानुनी बाटो अवलम्बन गर्ने संकेत गरेका छन्।

यसैबीच, रास्वपाका समर्थकहरूले चितवनमा आयोजित सभालाई निरन्तरता दिन आह्वान गरेका छन्। लामिछानेको पक्राउले राजनीतिक वृत्तमा ठूलो तरंग ल्याएको छ भने उनका समर्थकहरूले लामिछाने माथी सरकारले चरम प्रतिशोध सांधेको भन्दै यसको विरोधमा आवाज उठाउन थालेका छन्।

थप विवरण आउन बाँकी छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img