Friday, March 6, 2026
51.9 F
Washington DC.

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको पुष्टि

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालमा कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टबाट थप  २४  जनामा संक्रमण भएको स्वास्थ्य निकायले पुष्टि गरेको  छ ।

पछिल्लो समय जीन सिक्वेन्सिङका लागि पठाइएका २४ वटा नमूनामध्ये सबै ओमिक्रोनबाट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पौष महिनामा सङ्कलन गरिएका एक हजार १ सय ४६ वटा कोरोना पोजिटिभ नमुनाको स्क्रिनिङका क्रममा २५० एस–नेगेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

२४  नमूनाहरूको जीन अनुक्रमण गर्दा ती सबैमा ओमिक्रोन भेरियन्टहरू भेटिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता संगीता कौशल मिश्रले सबै अस्पताललाई कोरोना भाइरसको संक्रमणबाट सतर्क रहन आग्रह गरेकी छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img