spot_img
Saturday, September 21, 2024
68.9 F
Washington DC.
spot_img

‘INS -स्वतन्त्र समाचार’ को विधिवत संचालन शुरु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते  फ्रिडम न्युज सर्भिस प्रालिद्वारा सञ्चालित ‘INS -स्वतन्त्र समाचार‘ को विधिवत संचालन शुरु भएको छ।

गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन र निशुल्क वितरण गरेर आम मिडियालाई औचित्यपूर्ण बनाउनमा केही योगदान गर्ने उदेश्य राखी स्वतन्त्र समाचार Independent News Service (INS) को संचालन शुरू गरिएको प्रधान सम्पादक तारानाथ दाहालले जानकारी गराउनु भएको छ। 

“जिम्मेवारीविहिन, तथ्यको परीक्षण नगरिएका, समाचारको विश्वसनीयता पुष्टि नभएको र उत्तरदायित्व नभएका समाचारतिर पाठक, दर्शक वा श्रोता आकर्षित हुनु भनेको मित्थ्या, भ्रामक वा फेक न्युजले बढावा पाउने वातावरण बन्नु भएकाले लोकतन्त्र बलियो बनाउन आमजनतालाई मिथ्या सूचनाबाट जोगाउन आमसञ्चार माध्यमलाई तथ्यपरक, खोजमुलक र गुणस्तरिय समाचार उपलब्ध गराउने INS -स्वतन्त्र समाचारको उद्देश्य रहेको व्यहोरा प्रबन्ध सम्पादक राजेश घिमिरेले जानकारी गराउनु भएको छ।

नेपाली पत्रकारिताको उत्थान र विकाशकालागि मिडियाहरुलाई जिम्मेवार बनाउदै ब्याकअपका रुपमा आफुहरुले सहयोगी भूमिका निर्वाह गर्ने र यसका लागि थप कार्यक्रमहरु छिट्टै सार्वजनिक गरिने समेत घिमिरेले जानकारी गराउनु भएको छ।

यसै गरि INS -स्वतन्त्र समाचारले पहिलो चरणमा नेपाली भाषाका सामाग्रीहरु उपलब्ध गराउने र दोश्रो चरणमा अग्रेजी भाषाका सामाग्रीहरुका लागि मूलधारका संचार निकायहरुसंग सहकार्य गरी प्रस्तुत गर्ने तयारी गर्दै रहेको घिमिरेले जानकारी गराउनु भएको छ।

INS -स्वतन्त्र समाचारले आफ्नो समूहको समेत घोषणा गरेको छ।

तारानाथ दाहालप्रधान सम्पादक

नेपाली पत्रकारितामा विगत ३४ वर्षदेखि अनवरत सक्रिय दाहाल, नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघका सभापति (२०५९-२०६२) तथा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष (२०६३-२०६५) हुनुहुन्छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र खुला सरकारको अवधारणाका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ठ पहिचान बनाउनु भएका दाहालको अनुभव छापा,  रेडियो, टेलिभिजन र समाचार एजेन्सी पत्रकारितामा छ। स्वतन्त्र समाचार सेवा; नेपालको पहिलो सार्वजनिक समाचार एजेन्सीका रूपमा २०६१ सालमा दाहालले नै सुरू गर्नु भएको हो।

राजेश घिमिरे, प्रबन्ध सम्पादक

वातावरण, दिगो विकास तथा पब्लिक इनट्रेस्ट (जनहित) पत्रकारितामा करिब तीन दशकको अनुभव भएका राजेश घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा सूचना तथा आमसञ्चारको व्यवस्थापनको दक्षता हासिल गर्नुभएको छ। राजेश घिमिरे छापा माध्यमसँगै डक्युमेन्ट्री फिल्ममेकिङमा उत्तिकै सक्रिय हुनुहुन्छ।

कृष्ण प्रसाद लुइटेल, विज्ञापन तथा बजार निर्देशक

स्पेशटाइम्स दैनिक, बिजनेश एज मासिकलगायतका पत्रपत्रिकाको विज्ञापन बजारको व्यवस्थापनको काममा २ दशक विताउनु भएका कृष्ण प्रसाद लुइटेल विगत १५ वर्षदेखि गोरखापत्र संस्थानको विज्ञापन प्रतिनिधिको काम गर्दै आउनु भएको छ।

पारस दाहाल, सूचना प्रविधि निर्देशक

कम्प्युटर साइन्स र आर्टिफिसियल इन्टेलिजेन्सका स्नातकोत्तर ICT मा सक्रिय युवा उद्यमी हुनुहुन्छ।

हस्त गुरूङ, सल्लाहकार

खोज पत्रकारिताका लागि नयाँ पुस्तालाई प्रेरित गर्ने हस्त गुरूङ हजारौ युवालाई रिर्पोटिङको कखरा सिकाउनु भएको छ। चालिसको दशकमा साप्ताहिक बिमर्सबाट पत्रकारिता सुरु गर्नु भएका हस्त नेपाल प्रेस ईन्स्टिच्यूट, खोज पत्रकारिता केन्द्र तथा नेपाल वातावरण पत्रकार समूहसँग आवद्ध भएर काम गर्नु भएको छ।

सुनिल मणि दाहाल, सल्लाहकार

आर्थिक तथा ब्यबस्थापकीय विज्ञ सुनिल मणि दाहालले अन्तर्राष्ट्रिय स्तरका दातृ निकायहरूसँग काम गरेको करिव तीन दशकको अनुभव छ। दाहालले नेपाली पत्रकारिताको उत्थान र विकासका लागि समेत योगदान दिदै आउनु भएको र उहाँ अमेरिकाबाट सञ्चालित ग्लोवल न्यूज ब्रेकका प्रमुख संचालक हुनु हुन्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img