नेपाललाई ६८ रनले पराजित गर्दै युएई अष्ट्रेलियामा हुने विश्वकपमा छनाेट भएको छ।
मंगलबार युएईसँगको सेमिफाइनलमा ६८ रनले पराजित भए संगै नेपाल विश्वकपमा छनाेटबाट बाहिरिएको छ । यसबाट नेपालले ८ वर्षपछि आइसीसी टी–२० विश्वकप खेल्ने स्वर्णिम अवसर गुमाएको छ।
युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा १०७ रनमा अलआउट भएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।
नेपालले तेस्रो स्थानका लागि बिहीबार, फेब्रुअरी २४ मा आयरल्यान्डसँग ५६ रनले पराजित भएको ओमानसँग खेल्नेछ। आयरल्यान्ड र युएई फाइनलमा पुग्ने टोली पनि २०२२ को टी–२० विश्वकपका लागि छनोट भएका छन् ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया