spot_img
Sunday, April 28, 2024
56.3 F
Washington DC.
spot_img

नेपालद्वारा टी-२० अभ्यास खेलमा आयरल्यान्ड ६ विकेटले पराजित

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सोमवार कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेलिएको टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्डमाथि जीत हासिल गरेको छ । सोमबार भएको खेलमा घरेलु टिम नेपालले आयरल्यान्ड विरूद्व ६ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । जसमा नेपालले १६.१ ओभरमै ४ विकेट गुमाएर जित हात पारेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३७ बनाए भने दीपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए । त्यस्तै ओपनर आसिफ शेखले १६ रनमा, कप्तान रोहित पौडेलले शून्य र गुलशन झाले ४ रन बनाएर आउट भए । त्यस्तै सन्दीप जोराले ३६ रन बनाएका थिए ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । अन्य कुनै खेलाडिले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका कुशल भुर्तेल, गुलशन झा र ललित राजवंशीले २–२ विकेट लिए । करण केसी र कुशल मल्लले १–१ विकेट लिएका थिए ।

दोस्रो खेल मंगलबार हुनेछ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img