Wednesday, April 2, 2025
47 F
Washington DC.

बहुउपयोगी “सिप्लिकान”

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सिप्लिकान अत्यन्तै उपयोगी र औषधिय गुणले भरिपूर्ण भएको बनस्पति हो । यसको कलिला पात, डाँठलाई तरकारी, अचारको रुपमा प्रयोग गरिन्छ । यसलाई अमिल्याएर र गुन्द्रुक वा सिन्की बनाएर पनि खान सकिन्छ ।

यसमा मानव स्वास्थकोलागि अत्यन्तै उपयोगी खाद्यतत्वहरु भिटामिन सि, फलाम, पोटासियम, म्याग्निज, म्याग्नेसियम, फस्फोरस, गुणस्तरीय फाइबर प्रशस्तै पाइन्छ । साथै प्रोटिन, कार्वोहाइड्रेट, कपर लगायत अनेकौं लबणहरु पनि पाइन्छन् ।

यसको सेवनले,
१ शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।
२ खुट्टाको डरलाग्दो समस्या (Restless leg syndrome) लाई समाधान गर्छ ।
३ तौल नियन्त्रण गर्न सहयोग गर्छ ।
४ मुटुरोगको लागि अत्यन्तै लाभदायक हुन्छ ।
५ मधुमेहका रोगीको लागि पनि उपयोगी हुन्छ ।
६ हाडजोर्नी बलियो बनाउछ र बालबालिकाको राम्रोसँग शारीरिक वृद्धि र बिकासमा उपयोगी हुन्छ ।
७ पिसाबसग जोडिएका समस्याहरुको लागि पनि प्रभावकारी हुन्छ ।

यसको फल, रुखको बोक्रा, जरामा पनि कैयौं औषधिय गुणहरु हुन्छन् । यसलाई पर्खाल र बारको छेउछाउ, खेर गएको जमिनमा लगाउन सकिन्छ । राम्रोसँग मलजल, ठाउँ र सुर्यको प्रकाश पाएमा बोट निकै ठुलो हुन्छ ।

काठमाडौं जस्तो ठाउँमा हामीले झै पर्खालको छेउ, कुना देखि गमलामा सम्म यसको बिरुवा लगाएर कहिलेकाही साग खान सकिन्छ ।

श्रोतः निलकन्ठ शर्मा

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सविन महर्जनको पोस्टमार्टम रिपोर्टको निष्कर्षः गोली दायाँ हातबाट पछाडि निस्किएको पुष्टि

काठमान्डौको तीनकुनेमा चैत १५ गते प्रहरीको गोली लागी मृत्यु भएका सविन महर्जनको शव परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा...

अन्य समाचार

- Advertisement -spot_img