spot_img
Thursday, May 2, 2024
85 F
Washington DC.
spot_img

रुपन्देहीको धकधईमा पतञ्जलि उद्योग खुल्दै, ५ सयले रोजगार पाउने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पतञ्जलि योग पीठ भारतका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले आफ्नो संस्थाले रुपन्देहीको धकधईमा एक अर्ब लागतमा जडीबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने बताउनु भएको छ।

पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग बोल्दै आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा पाँच सय जनाले रोजगारी पाउने आचार्य बालकृष्णले बताउनु भयो।

नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबिच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवर्द्धन गरेको उहाँको भनाई छ। नेपाल र भारतबिचको सांस्कृतिक विरासत साझा र अक्षुण्ण रहेको रहेको भन्दै यसलाई कसैले तोड्न नसक्ने उहाँले बताउनु भयो।

पतञ्जलि योग पीठ भारतका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताउनु भयो। प्राकृतिक सुन्दरता, आवतजावतको सहजता, भाषिक, धार्मिक, सांस्कृतिक समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको बताउनु भयो।

‘भारतका कतिपय प्रान्तमा जान पासपोर्ट अनिवार्य छ, तर भारतीय नागरिक विना पासपोर्ट,विना अनुमति नेपालका जुनसुकै ठाउँ घुम्न जान सक्छन्’– उहाँले भन्नुभयो भने–‘दुई देशबिच सनातन संस्कृति,वैदिक परम्परा, भाषिक, धार्मिक, सांस्कृतिक समानता र रोटी बेटीका सम्बन्धले पनि सहज छ। ’

नेपाल बुद्ध,पशुपतिनाथ,मुक्तिनाथ,जानकी र वाल्मीकिको भूमि भएको उल्लेख गर्दै उनले यी धार्मिक पर्यटकीय स्थललाई भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर पर्यटन प्रवर्द्धनमा पहल गर्न सुझाव दिनुभयो।

उत्तर प्रदेशसँग जोडिएको रुपन्देहीमा बनेको लुम्बिनी केबलकार भारतीय पर्यटकका लागि नजिकको आकर्षक गन्तव्य बन्न सक्ने बताउनु भयो।‘उत्तर प्रदेशका नागरिक केबलकार चढ्न हिमाचल प्रदेश जानुपर्ने अवस्था छ, त्यहाँ पुग्न भन्दा बुटवल आउन धेरै नजिक छ’–उहाँले भन्नु भयो। भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके भारतीय र विदेशी पर्यटक आगमन बढ्न सक्ने भएकाले त्यसमा ध्यान दिन सुझाए।

४० वर्षपछि पहिलो पटक गृह जिल्ला स्याङ्जामा दसैँ पर्व मनाउने अवसर मिलेको र सोही क्रममा कामाख्या देवी मन्दिर दर्शन गर्न पाउँदा खुसी लागेको आचार्य बालकृष्णले बताउनु भयो। सो अवसरमा लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारत उत्तर प्रदेशको २४ करोड जनसङ्ख्यालाई लक्षित गरेर पाँचतारे होटेल सहित केबलकारमा ५ अर्ब लगानी हुने बताउनु भयो।

सञ्चालनको ५ महिनामै वसन्तपुरको कामाख्यादेवी मन्दिर भारत उत्तर प्रदेशका पर्यटकको लागि आकर्षणको थलो बनेको पौडेलले बताउनु भयो। केबलकारले प्रत्येक टिकटको २ प्रतिशत रकम सेवा शुल्क बापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरेको र करिब सय जनालाई रोजगारी दिएको उहाँले बताउनु भयो।

आयुर्वेद शिरोमणि बालकृष्णसँगै उहाँका नेपाल र भारतका करिब दुई सय जना अनुयायीहरू र बुटवलको मुक्तिनाथ धामका संरक्षक लोकानन्द स्वामीले समेत कामाख्यादेवी मन्दिरको दर्शन गर्नु भएको थियो। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img