Tuesday, May 20, 2025
68.4 F
Washington DC.

इजरायली हवाई आक्रमणबाट हमास कमाण्डर मारिए , गाजामा २५० बढि हमास लक्ष्यहरूमा प्रहार

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इजरायली सेना (आईडीएफ) ले बिहीबार राति हमासको पश्चिमी खान युनिस बटालियनका कमाण्डर मधथ मुबाशर मारिएको जनाएको छ। आईडीएफले हवाई आक्रमणबाट मुबाशर मारिएको बताएको छ , जसबाट हमास नेतृत्वलाई ठूलो क्षती भएको बताइएको छ ।

गाजामा इजरायली सेनाको आक्रमण रोकिएको छैन । एउता विशाल आक्रमणमा,इजरायली सेनाले २५० हमास लक्ष्यहरूमा प्रहार गरेको जनाएको छ । ति मध्ये गाजामा एक विशाल आतंकवादी सुरुङ नेटवर्कमा आक्रमण गरिएको थियो। यस नेटवर्कमा आक्रमण हुदा ठूलो विस्फोट भएको थियो। सुरुङहरू भित्र हमासले ठूलो मात्रामा विस्फोटक पदार्थहरु भण्डारण गरेको कारण ठूलो विस्फोट भएको र सबै विस्फोटक पदार्थहरु नष्ट गरिएको इजरायली सेनाले जनाएको छ ।

इजरायली सेनाले एक अपडेट्मा भनेको छ – “सेनाका कार्यहरू इजरायल र यसका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न जारी प्रयासहरूको एक हिस्सा हो”। “मुबाशरको अन्त र हमासका लक्ष्यहरूमा आक्रमणले आतंकवादसँग लड्न र क्षेत्रमा शान्ति कायम गर्न आईडीएफ प्रतिबद्ध छ” ।

एएफपी समाचार एजेन्सीका अनुसार गाजामा रहेको हमासको स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै इजरायलसँग अक्टोबर ७ मा द्वन्द्व सुरु भएयता गाजा पट्टीमा मृत्यु हुनेको संख्या ७ हजार ३२६ पुगेको बताएको छ। यी पीडितहरूमध्ये ३,०३८ बालबालिका छन्। विज्ञप्तिमा यो पनि खुलासा गरिएको छ कि गाजाभरि विभिन्न घटनाहरूमा १८,९६७ व्यक्ति घाइते भएका छन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img