spot_img
Saturday, April 27, 2024
56.3 F
Washington DC.
spot_img

बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गतकोछात्रवृत्ति परीक्षाको सूचना जारी- ११९ जनाले छात्रवृत्ति पाउने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सरकारी विद्यालयमा अध्ययन गर्ने गरिब र जेहेनदार विद्यार्थीको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चितताका लागि शिक्षा मन्त्रालयले वि.स २०८१ का लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ। शिक्षा मन्त्रालय अन्तर्गत बुढानिलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेका ६ वटा विद्यालयमा देशभरका सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययन गरिरहेका गरिब जेहेनदार तर आर्थिक रुपमा कमजोर छात्रछात्रामध्ये एक सय १९ विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको हो।कक्षा ५ देखि १० कक्षासम्मको पूर्ण आवासीय छात्रवृत्तिमा विद्यार्थीले ६ वर्षसम्म कुनै पनि शुल्क तिर्नु पर्दैन।

देशका दूरदराजमा रहेका विद्यार्थीले बुढानिलकण्ठ स्कुलकै मोडलमा गुणस्तरीय शिक्षा प्राप्त गरुन् भन्ने लक्ष्यसहित ०६७ देखि विद्यालयस्तरको विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था गरेको हो। विं.स २०७२ अघि बुढानिलकण्ठ स्कुलले मात्र गरिब तथा जेहेनदार विद्यार्थीका लागि सबै जिल्लाबाट विद्यार्थी छनोट गरी पूर्ण तथा आंशिक छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो।

मन्त्रालयले बुढानिलकण्ठ स्कुलसँग सहकार्य गरी चैत २९ गते देशभरिका परीक्षा केन्द्रबाट विद्यार्थी छनोटका लागि प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ ।

प्रश्नपत्र बुढानिकलण्ठ स्कुलले नै तयार पारेको आधारमा हुनेछ। परीक्षा सञ्चालनको जिम्मेवारी तथा समन्वय जिल्ला शिक्षा कार्यालयहरुले गर्नेछन्। मन्त्रालयले चैत २९ गते सञ्चालन गर्ने प्रवेश परीक्षामा जिल्ला उत्कृष्ट हुने विद्यार्थीहरू बुढानिलकण्ठ मोडलमा सञ्चालनमा रहेका देशभरिका ६ वटा स्कुलमा अध्ययन गर्न पाउनेछन्। काठमाडौं कुलेश्वरमा रहेको कुलेश्वर मावि, धनकुटामा रहेको शितलादेवी मावि र सर्लाहीको जुटपानीमा रहेको नवजीवन माविमा पूर्ण आवासीयमा अध्ययन गर्ने व्यवस्था मिलाइएको छ। यसैगरी, पोखराको लुम्लेमा रहेको बालमन्दिर मावि, पाल्पामा रहेको जनता उमावि र कैलालीको टीकापुरमा रहेको वीरेन्द्र उमाविमा पूर्ण आवासीय सेवासुविधामा अध्ययन गर्न पाउनेछन्।

बुढानिलकण्ठ स्कुलमा ४२ जनाले पूर्ण र आंशिक छात्रवृत्ति पाउने छन । विद्यार्थीले कक्षा ४ मा सरकारी स्कुलमा अध्ययन गरेको हेडमास्टरको सिफारिस, विद्यालय निरीक्षकको सिफारिस र जिल्ला शिक्षा कार्यालयको सिफारिसमा मात्र परीक्षामा सामेल हुन पाउने प्रावधान राखिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरूमध्येबाट ११९ जनालाई निम्न अनुसार छात्रवृत्तिमा छनोटका लागि सूचना प्रकाशित गरेको छ ।

१. छनोटका आधार ः वि.सं. २०७०/०१/०१ गतेदेखि २०७१/१२/३० गतेसम्म जन्म भई कम्तीमा कक्षा ३ र कक्षा ४ मा
अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्लाको सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक
सत्र २०८० मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र–छात्रामध्ये भौगोलिक क्षेत्र तथा लक्षित समुदायसमेतको प्रतिनिधित्व हुने
गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यताक्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने छ ।
२. फाराम बुझाउने मिति र समय ः २०८० चैत्र २८ गते बुधबार, दिउँसो १ः०० देखि ४ः०० बजेसम्म तथा
२०८० चैत्र २९ गते बिहीबार बिहान ८ः०० बजे देखि १०ः०० बजेसम्म
दरखास्त फाराम दलपक।भमग।लउ, अभजचम।नयख।लउ वा mयभकत।नयख।लउ बाट डाउनलोड गरी रीतपूर्वक भरेर दरखास्त
फाराममा तोकिएबमोजिम सिफारिस तथा प्रमाणित गराई आवश्यक कागजातसहित आफ्नो जिल्लालाई तोकिएका परीक्षा
केन्द्रमा बुझाउनुपर्ने छ ।
३. लिखित परीक्षा मिति र समय ः २०८० चैत्र २९ गते बिहीबार, बिहान ११ः०० बजे ।
४. पाठ्यक्रम ः कक्षा ४ मा पढाइ हुने विषयहरू ः नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान
४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत
५. बूढानीलकण्ठ स्कुलका निमित्त खुला तथा आरक्षण सिटको सङ्ख्या ः ४२ (५०% छात्रा रहने)
(क) खुला र आरक्षणतर्फ गरी एक जिल्लाबाट एकजनाभन्दा बढी नहुने गरी ४० जना विद्यार्थी छनोट गरिने छ ।
(ख) आरक्षण सिट ः लोपोन्मुख –२, दलित –४, मुिस्लम –१, मधेसी– ४, जनजाति – ५ र पिछडिएको क्षेत्र–२
(ग) विद्यालय रहेको स्थानीय तह बूढानीलकण्ठ नगरपालिकाभित्रका – २ जना (एक छात्र र एक छात्रा) ।
६. साझेदारी कार्यक्रमअन्तर्गतका साझेदारी स्कुलका निमित्त उपलब्ध भएसम्म जिल्ला नदोहोरिने गरी जम्मा ७७ जना विद्यार्थी
छनोट गरिनेछ । यसमा आरक्षण (दलित –५, मुस्लिम – २, मधेसी – ६, जनजाति – ९, सहिद तथा द्वन्द्वपीडित परिवारका सन्तति र
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको परिवारबाट – १ र छात्रा कम्तीमा २६ जना)
७. साझेदारी कार्यक्रमका सहभागी विद्यालयहरू ः
१. शीतलादेवी माध्यमिक विद्यालय, धनकुटा
२. नवजीवन माध्यमिक विद्यालय, जुटपानी, सर्लाही
३. कुलेश्वर आवास माध्यमिक विद्यालय, कुलेश्वर, काठमाडौँ
४. बालमन्दिर माध्यमिक विद्यालय, लुम्ले, कास्की
५. जनता माध्यमिक विद्यालय, पाल्पा
६. वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय, टीकापुर, कैलाली
८. आवेदन दस्तुर ः रु. १००/- (एक सय मात्र) ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अमेरिकी सिनेटद्वारा होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मेयोर्कासलाई सफाइ , महाभियोगलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार

बुधबार, अप्रिल १७, २०२४ को एक ऐतिहासिक सत्रमा, अमेरिकी सिनेटले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासको महाभियोगलाई खारेज गर्दै आरोपहरूलाई...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img