Thursday, April 17, 2025
50.2 F
Washington DC.

भारतीय पूर्व क्रिकेटर र कांग्रेस नेता सिन्धुलाई जेल सजाय

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतको सर्वोच्च अदालतले बिहीबार कांग्रेसका वरिष्ठ नेता तथा पूर्व क्रिकेड खेलाडी नवजोत सिंह सिद्धुलाई सन् १९८८ मा तीन दशक पुरानो रोड रेज मुद्दामा एक वर्षको जेल सजाय सुनाएको छ । अब सिद्धूलाई सजाय भुक्तान गर्न हिरासतमा लिइनेछ।

न्यायमूर्ति एएम खानविलकर र एसके कौलको बेन्चले सन् १९८८ मा सिद्धु विरुद्धको मुद्दामा परेको निवेदनमा आफ्नो आदेश सुनाएका थिए ।

२७ डिसेम्बर, १९८८ मा, नवजोत सिंह सिद्धूले कथित रूपमा गुरनाम सिंहलाई टाउकोमा प्रहार गरी हत्या गरेको आरोप थियो। त्यो बेला सिद्धूलाई जिल्ला अदालतले निर्दोष ठहर्‍याएको थियो। तर उच्च न्यायालयले दोषी ठहर्‍याउँदै तीन वर्ष सजाय सुनाइदियो। पीडितका परिवारले सिद्धुलाई सफाइ दिएको यसअघिको आदेशलाई परिमार्जन गर्न माग गर्दै सर्वोच्च अदालतमा अपील गरेका थिए।

नवजोत सिंह सिद्धूले सर्वोच्च अदालतको आदेश पछि आफ्नो पहिलो प्रतिक्रियामा ट्वीट गर्दै भनेका छन , “‘म आफूलाई कानुनसमक्ष प्रस्तुत गर्नेछु …।’ …”

उनले एक वर्षको कठोर जेल सजाय भोग्न अदालतमा आत्मसमर्पण गर्नुपर्नेछ। अर्कोतर्फ, सिद्धुसँग आदेशलाई चुनौती दिने विकल्प पनि छ।

पीटीआईको रिपोर्ट अनुसार नवजोत सिंह सिद्धुले शुक्रबार सर्वोच्च अदालतमा १९८८ रोड रेज मामिलामा आफूमाथि लगाइएको सजाय भोग्नका लागि आत्मसमर्पण गर्न केही हप्ताको समय माग्दै सर्वोच्च अदालतमा निबेदन दिएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img