spot_img
Saturday, November 23, 2024
52.7 F
Washington DC.
spot_img

काठमाडौंमा निःशुल्क शौचालय प्रयोग गर्न ३३ संघसंस्थासँग सम्झौता (सूचीसहित)

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

काठमाडौंमा निःशुल्क सार्वजनिक शौचालय सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले ३३ संघ संस्थासंग सम्झौता गरेको छ । काथमाण्डौका बिभिन्न संघ संस्थाहरु : बैङ्क, रेष्टुरेन्ट, विद्यालय, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहितका प्रतिनिधिबीच सोमबार सम्झौता भएको हो। महानगरप्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपाने र दोस्रो पक्षकातर्फबाट प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता आगामी पाँच वर्षका लागि भएको हो। यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा संघ संस्थाहरुबाट नै हुनेछ । यसबापत सेवा लिन करकाप वा प्रोत्साहन नगर्ने सम्झौतामा उल्लेख गरिएको छ।

सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र भनेर सबै सार्वजनिक शौचालयको पहिचान एउटै हुनका लागि संकेत चिन्ह तयार पारिएको छ। गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङ्मै महिला र पुरुषको चिह्न रहेको छ। संकेत चिह्नको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट एक/एक जना प्रतिनिधि तोकिने र उनीहरुले हरेक चार महिनामा प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ।

नबिल बैंकसँग यसअघि नै सम्झौता भएको थियो। यस पश्चात् दुई सय ५० वटा शौचालय सञ्चालनमा आउनेछन्। 

सम्झौता गरिएका संघ संस्थाहरू 
१)    टायम्स स्क्वायर, लज एण्ड बार, बालुवाटार 
२)    पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
३)    डेन्टल भिल्ला, वडा नं. १४, बल्खु 
४)    देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत 
    क)    पिजा हट, वडा नं. १ दरबारमार्ग 
    ख)    केएफसी,  वडा नं. १ दरबारमार्ग 
    ग)    केएफसी,  वडा नं. ६ बौद्ध
५)    डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६)    होटल रत्नज्योती, पेरिसडाँडा
७)    नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल
८)    खानेकुरा प्रा. लि., गौशाला
९)    सांग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
१०)    बेबिलोन नेशनल स्कूल, शान्तिनगर
११)    ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
१२)    नेपालय पब्लिकेसन, डिल्लीबजार
१३)    बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
१४)    गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५)    घराना लञ्च एण्ड बार, बानेश्वर
१६)    कामना सेवा विकास बैंक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड, 
१७)    सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८)    नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक 
१९)    आरडीएक्स बार प्रा. लि. ठमेल
२०)    नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट 
२१)    कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार 
२२)    बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल
२२)    नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी
२३)    सांग्रिला डिपलपमेन्ट बैंक, बालुवाटार
२४)    बिन्का लङ्, छाउनी
२५)    प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध   
२६)    मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलंकी 
२७)    क्रिम्पजी एडभान्चर हव, बौद्ध
२८)    बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार 
२९)    अनुपम फुडल्याण्ड, बत्तीसपुतली
३०)    रिट्रिप क्याफे, बौद्ध
३१)    चिकेन स्टेशन
३२)    स्तुपा हब, बौद्ध
३३)    नवील बैंक

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

८.३७ अर्बमा ‘केरा’ किनेर इतिहास रचे क्रिप्टो स्टार जस्टिन सनले

क्रिप्टो दुनियाँका स्टार जस्टिन सनले फेरि एकपटक सनसनी मच्चाएका छन्। ट्रोनका संस्थापक र बिटटोरेन्टका सीईओ सनले मौरिजियो क्याटेलनको विश्वचर्चित...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img