spot_img
Monday, September 23, 2024
67.9 F
Washington DC.
spot_img

रवि लामिछाने सभापति रहेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक नयाँ राजनीतिक दल दर्ता

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

निर्वाचन आयोगले शुक्रवार रवि लामिछाने सभापति रहेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक नयाँ राजनीतिक दल दर्ता गरेको छ।

आयोगले पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ।

निर्वाचन आयोगले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरी प्रमाण पत्र दिएको र दलको चुनाव चिन्ह घन्टी रहेको पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन् । दल दर्ता भएसँगै उक्त पार्टीलाई चुनाव चिह्न ‘गोलाकारभित्र घण्टी’ दिइएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिएका छन् ।

टेलिभिजन प्रस्तोता रवि लामिछानेले गत हप्ता नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल र नाव चिन्ह घन्टी सहित दर्ता गरि पाउन आयोगमा निवेदन दिएका थिए।

२१ केन्द्रीय सदस्यको घोषणा:

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भए संगै पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक भएको छ। पार्टीका प्रवक्ता मुकुल ढकालबाट जारी भएको विज्ञप्तिअनुसार रवि लामिछाने पार्टीका सभापति छन्। यसैगरी, अन्य १९ जना केन्द्रीय सदस्यको नामावली यसप्रकार सार्वजनिक गरिएको छ :

सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली, सोबिता गौतम, कुसुम महर्जन, विष्णु कुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभात अधिकारी, गीता रेग्मी, डा. राकेश यादव, प्रमिला कलुजु, रविना घिमिरे र एलिजा गुरुङ छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img