Thursday, April 23, 2026
78.7 F
Washington DC.

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध लगायो: रिपोर्ट

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चीनले शुक्रबार यस हप्ताको सुरुमा ताइवानको भ्रमण गरेकी अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी र उनका निकटतम परिवारका सदस्यमाथि प्रतिबन्धको घोषणा गरेको छ।

पेलोसीले चीनको चासोलाई बेवास्ता गरेको र “उसको मामिलामा र क्षेत्रीय अखण्डतामा गम्भीर हस्तक्षेप” गर्दै ताइवान भ्रमण गरेकोले बेइजिङले “पेलोसी र उनको नजिकको परिवारमाथि प्रतिबन्ध लगाउनेछ”, चिनियाँ विदेशमन्त्रालयले थप विवरणहरू नदिई भनेको छ ।

यसअघि चीनले हङकङ र उत्तरपश्चिमी क्षेत्र सिनजियाङमा मानवअधिकारका विषयमा बोलेको भन्दै धेरै अमेरिकी अधिकारीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

पूर्व अमेरिकी विदेश सचिव माइक पोम्पेओ, साथै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नाभारो, यसअघिका प्रतिबन्धहरूबाट प्रभावित भएका थिए।

पेलोसी २५ वर्षमा ताइवानको भ्रमण गर्ने उच्च ओहदाकी अमेरिकी अधिकारी हुन । चीनले ताइवानलाई आफ्नो क्षेत्र भएको दाबी गर्छ र विदेशी सरकारहरूसँग ताइवानसंगको संलग्नताको विरोध गर्दछ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img