spot_img
Monday, September 23, 2024
67.9 F
Washington DC.
spot_img

आवश्यक परे चीनको कारबाहीको जवाफ दिन तयार छौं- ताइवान

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ताइवानका राष्ट्रपति इङ-वेनले चीनको हालैका गतिविधिलाई नजिकबाट नियालिरहेको र आवश्यक परे चीनको कारबाहीको जवाफ दिन तयार रहेको बताएकी छन ।

केही दिनअघि ताइवानको सीमानजिक चीनले गरेको सैन्य अभ्यासका बारेमा बोल्दै उनले ताइवान द्वन्द्व चर्काउन नचाहेको र आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाप्रति सधै प्रतिबद्ध रहेको बताउँदै आवश्यक परे जवाफ दिन ताइवान तयार रहेको बताइन् ।

चीनले बिहीबार ताइवान नजिकै मिसाइल प्रक्षेपण गरेपछि राष्ट्रपति इङ-वेनले भनीन , “ताइवान द्वन्द्व बढाउन चाहँदैन, तर आफ्नो सार्वभौमसत्ता र राष्ट्रको रक्षा गर्न सधैं तयार छ।”

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले चीन–ताइवान सीमा नजिक सैन्य अभ्यास गरिरहेको छ ।

ताइवान सन् १९४९ देखि स्वशासित भएता पनि चीनले ताइवानसँगको सम्बन्धलाई आफ्नो भूमि भएकोले आन्तरिक मामिलाको रूपमा व्यवहार गर्दै आएको छ। चीनले ताइवानसँगको सीमा नजिकैको समुद्रमा शक्तिशाली क्षेप्यास्त्र प्रहार गर्दै अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ। तीमध्ये ४ वटा क्षेप्यास्त्र ताइवानको राजधानी ताइपेई हुँदै समुद्रमा प्रहार गरिएको बीबीसीले जनाएको छ ।

जापानले यस विषयमा नजिकबाट अनुगमन गरिरहेको भन्दै जापानको रक्षा मन्त्रालयले चीनले हालसम्म प्रहार गरेका ९ क्षेप्यास्त्रमध्ये ५ वटा क्षेप्यास्त्र आफ्नो देशको विशेष आर्थिक क्षेत्रमा प्रहार भएको जनाएको छ । यस विषयमा जापानले पनि चीनको यस्तो कदमको विरोध गरिरहेको छ ।

बिहीबार, चिनियाँ सेनाले उत्तरपूर्वी र दक्षिणपश्चिम ताइवान नजिकैको समुद्रमा धेरै मिसाइलहरू प्रहार गरेको थियो। अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणपछि चीन आक्रामक बनेको छ र विगत केही दिनदेखि ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गरिरहेको छ । बिहीबार चीनको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो भएको बताइएको छ ।

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणमा ताइपेईमा अवतरण गर्ने बित्तिकै संयुक्त राज्य अमेरिकाले एक चीन नीतिको गम्भीर उल्लंघन गरेको र यसले दुई देशबीचको सम्बन्धमा असर पर्ने भन्दै चीनले चेतावनी दिएको थियो ।

चीनको चेतावनीको बाबजुद ताइवानले पेलोसीलाई भव्य रूपमा स्वागत गर्‍यो। साथै ताइवानले पनि चिनियाँ प्रतिक्रियाको खण्डन गरेको छ । ताइवानी अधिकारीहरूका अनुसार पेलोसीको भ्रमणसँगै चीनले २० भन्दा बढी लडाकु विमान ताइवानको क्षेत्रमा पठाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img