Thursday, April 10, 2025
56.1 F
Washington DC.

पाकिस्तानमा उप निर्वाचन घोषणा, पूर्व प्रधानमन्त्री इमरान खानले नौ रिक्त राष्ट्रिय सभाका सीटका लागि आफ्नो उम्मेदवारी घोषणा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानमा राष्ट्रिय सभाका नौ सिटका लागि हुने उपचुनावको मिति शुक्रबार घोषणा गरिएको छ । पाकिस्तानको निर्वाचन आयोगले सेप्टेम्बर २५ मा निर्वाचन हुने घोषणा गरेको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका घोषणा गरे पछि पीटीआई अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानले शनिबार राष्ट्रिय सभाका अध्यक्षले आफ्नो पार्टीका सांसदहरूको राजीनामा स्वीकृत गरेपछि खाली भएका सबै नौ सिटहरूमा एक्लै चुनाव लड्ने घोषणा गरेका छन् ।

देशमा भएको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारुढ दल पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई) भित्रको विवादका कारण रिक्त सिटमा निर्वाचन गराउनुपरेको थियो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार भदौ १० गतेदेखि १३ गतेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार भदौ १७ गतेसम्म उम्मेदवारहरुको अध्ययन र छानबिन हुनेछ ।

पदाधिकारीका अनुसार भदौ २९ गते उम्मेदवारलाई चुनाव चिन्ह दिने गरी निर्वाचन कार्यतालिका बनाइएको हो ।

गत असारमा सभामुख राजा पेवैसेले सामूहिक राजिनामा दिने पीटीआई सांसदको राजीनामा स्वीकृत भएको घोषणा गरेका थिए । उनीहरुले अप्रिल ११ मा सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिएको झण्डै तीन महिनापछि मात्रै राजीनामा स्वीकृत भएको थियो ।

उनीहरुको राजीनामा स्वीकृत गरेपछि निर्वाचन आयोगले निर्वाचनको तयारी गरी घोषणा गरेको हो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

‘दुर्गा प्रसाई पक्राउ’ विषयमा गलत समाचारप्रति नेपाल प्रहरीको खण्डन

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचारप्रति गम्भीर...

अन्य समाचार

- Advertisement -spot_img