spot_img
Monday, September 23, 2024
67.7 F
Washington DC.
spot_img

एप्पलले भारत र चीनमा एकैसाथ आईफोन १४ सिरिजको उत्पादन सुरु गर्ने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एप्पलले आफ्नो आगामी आईफोन १४ सिरिजको भारत र चीनमा एकैसाथ उत्पादन सुरु गर्ने भएको छ । एप्पलले सेप्टेम्बर २०२३ मा आइफोन-१४ सिरिज रिलिज गर्ने बताइएको छ ।

भारतीय अखबार बिजनेस स्ट्यान्डर्डका अनुसार आईफोन १४ भारतका साथै चीनमा पनि उत्पादन हुनेछ । भारत र चीन दुवै देशबाट विश्व बजारमा आपूर्ति हुनेछ ।

कम्पनीका विश्लेषक मिङ-ची कुओले ट्वीटर मार्फत उक्त घोषणा गरेका हुन्। जारी भूराजनीतिक तनावका कारण चीनमाथिको निर्भरता कम गर्नका लागि आइफोन १४ को नयाँ सिरिज भारतमा उत्पादन गरिने उनले बताएका छन् ।

विश्लेषक कुओले आफ्नो ट्वीटरमा आइफोन १४ सिरिज अन्तर्गत आइफोन १४ म्याक्स र आइफोन १४ प्रो म्याक्स भारतको चेन्नईस्थित फक्सकन प्लान्टमा निर्माण गरिने बताएका छन् ।

यदि कुओको भविष्यवाणी सत्य साबित भएमा पहिलो पटक एप्पलले अर्को देशमा नयाँ आईफोनको उत्पादन चीनका साथ् एकै समयमा गर्न सफल हुनेछ ।

नयाँ आईफोन १४ मा ६.१ इन्चको डिस्प्ले रहेको बताइएको छ । आईफोन १४ म्याक्स र आईफोन १४ प्रो म्याक्स मा ६. ७ इन्चको डिस्प्ले हुने अपेक्षा गरिएको छ।

विभिन्न रिपोर्टका अनुसार एप्पलको नयाँ आईफोन १४ को बजार मूल्य ७९९ अमेरिकी डलर हुने अनुमान गरिएको छ

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img