Friday, March 6, 2026
53.4 F
Washington DC.

डोनाल्ड ट्रम्पको फ्लोरिडा स्थित निवासमा एफबीआईद्वारा छापा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरियाको पाम बीचस्थित मार-ए-लागोमा रहेको आफ्नो निवासमा सोमबार एफबीआई एजेन्टहरूले छापा मारेको र आफ्नो सेफ खोलेको बताएका छन्।

समाचार माध्यमहरुका अनुसार गोप्य कागजातहरू भएका बक्सहरू जस्ता सामग्रीहरूमा खोजी केन्द्रित भएको देखिन्छ जुन ट्रम्पले गत जनवरीमा ह्वाइट हाउस छोड्दा मार्-ए-लागोमा ल्याएको हुन सक्ने आशंका गरिएको छ।

एफबीआईको खोजी वारेन्ट “क्लासीफाइड कागजातहरू सहित राष्ट्रपतिका कागजातहरू ह्यान्डलिङ” मा भएको अनुसन्धानको एक हिस्सा भएको सीएनएनले यस अनुसन्धानसँग परिचित तीन व्यक्तिहरूलाई उद्धृत गर्दै लेखेको छ।

ट्रम्पले ह्वाइट हाउस छोड्दा निजी मार-ए-लागो क्लबमा ल्याएको सामग्रीमा खोजी केन्द्रित रहेको न्यूयोर्क टाइम्सले “अनुसन्धानसँग परिचित धेरै व्यक्तिहरू” लाई उद्धृत गर्दै लेखेको छ ।

सोमबार जारी गरेको विज्ञप्तिमा ट्रम्पले मार-ए-लागोलाई एफबीआई एजेन्टहरूको ठूलो समूहले घेराबन्दी, छापा मारेको र कब्जामा लिएको बताएका थिए ।

“यो हाम्रो राष्ट्रको लागि कालो समय हो,” ट्रम्पको विज्ञप्तिमा भनिएको छ। “संयुक्त राज्यका राष्ट्रपतिलाई यसअघि कहिल्यै भएको थिएन।”

विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित सरकारी निकायसँग काम र सहकार्यपछि मेरो घरमा यो अघोषित छापा मार्नु आवश्यक वा उपयुक्त थिएन ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प हाल ह्वाइट हाउसमा रेकर्ड हराएको र अमेरिकी क्यापिटलमा जनवरी ६ , २०२१ को आक्रमण सहितका धेरै अनुसन्धान र मुद्दाहरूको सामना गर्दै छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img