Friday, March 6, 2026
53.4 F
Washington DC.

पार्टीमा नाचगानको भिडियो लिक भए पछि फिनल्याण्डकी प्रधानमन्त्रीको लागुऔषध परीक्षण

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले शुक्रबार एक पार्टीमा साथीहरूसँग नाचेको भिडियो सार्वजनिक भएपछि आफूले ड्रग्स टेस्ट गराएको बताएकी छन् ।

आफूले लागुऔषध परीक्षण गरेको जसको नतिजा अर्को साता आउने एक पत्रकार सम्मेलनमा मारिनले बताएकी छन्।

आफुले किशोरावस्थामा पनि कुनै पनि प्रकारको लागुऔषध प्रयोग नगरेको मारिनले बताईन ।

विपक्षी फिन्स पार्टीका अध्यक्ष रिक्का पुराले हेलसिङ्गिन सनोमत अखबारसँगको अन्तर्वार्तामा स्वेच्छिक रूपमा ड्रग्स परीक्षण गर्न आह्वान गरेपछि प्रधानमन्त्री मारिनले लागुऔषध परीक्षण गराएकी हुन्।

यस हप्ताको सुरुमा, प्रधानमन्त्री मारिनले विभिन्न फिनिश सेलिब्रेटीहरू र सार्वजनिक व्यक्तित्वहरूसँग पार्टी गरिरहेको भिडियोहरू सोशल मिडियामा भाइरल भएका थिए । धेरै क्लिपहरूलाई जोडेर बनाइएको भिडियोमा मारिन र अन्य पार्टीमा सहभागीहरू सँगै नाच्दै र गाउँदै गरेको देखिन्छ ।

३६ वर्षीया मारिनको एक भिडियो सार्वजनिक भएपछि बढ्दो आलोचनाको सामना गर्नु परेको छ जसमा उनले निजी निवासमा केही सेलिब्रेटी साथीहरूसँग नृत्य गरेको देखाइएको छ। मारिनले भिडियोहरू निजी भएको र केही साताअघि निजी निवासमा खिचिएको बताएकी छन्। उनले शुक्रबार मिडियालाई बताइन् कि आफूलाई छायांकन गरिँदैछ भन्ने थाहा थियो तर भिडियोहरू गोप्य रहनेछन भन्ने आफुले सोचेको बताइन ।

“यी भिडियोहरू सार्वजनिक भएकोमा म दुःखी छु। यो मेरो साथीहरूसँगको नाईट आउट सम्बन्धी थियो,” उनले भनिन्। आफुले हल्का पेय पदार्थ सेवन गरेको तर त्यसमा कुनै लागूपदार्थ नभएको बताईन।

” सामान्य जीवन भएका साधारण मानिसहरू धेरै छन्। मसँग पारिवारिक जीवन छ, मसँग काम गर्ने समय छ र मसँग मेरा साथीहरूसँग बिताउन फुर्सदको समय छ। मेरो उमेरका धेरै व्यक्तिहरू जस्तै म पनि एक हु ।” प्रधानमन्त्री मारिनले प्रेस ब्रिफ़िङ्गमा बताईन ।

मारिन सन् २०१९ मा प्रधानमन्त्री बन्दा संसारकै सबैभन्दा कम उमेरको सरकार प्रमुखको रुपमा चिनिएकी थिइन् । सन् २०१९ मा प्रधानमन्त्री बन्दा उनको उमेर ३३ वर्ष मात्रै थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img